मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फोर्स मोटर्सको गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्सबाट सहजपूर्ण कर्जा

फोर्स मोटर्सको गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्सबाट सहजपूर्ण कर्जा

 |  मंगलबार, असोज २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लिले ग्राहकवर्गको सुविधालाई ध्यानमा राखि रिलायन्स फाइनान्स लिमिटेडसंग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तिय सम्झौता गरेको छ।

National life

आयाम इन्टरकन्टिनेटल प्रा.लि का तर्फबाट कम्पनीका अध्यक्ष डा. ध्रुव थापा र रिलायन्स फाइनान्स लिमिटेडका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ  र डीसीईओ रामहरी आचार्य ज्यूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।  यस सम्झौता अन्तर्गत आयाम इन्टरकन्टिनेटल प्रा.लि को सिफारिस प्राप्त ग्राहकहरुले फोर्स ब्राण्डका सवारीसाधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्।

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा आयाम इन्टरकन्टिनेटल प्रा. लि.का देशभरि रहेका सम्पुर्ण डिलरहरु र रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ। फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन्।

साथै फोर्स मोटर्सका गाडीहरु खरिद गर्न चाहाने ग्राहकहरुलाई दशैं र तिहारको अवसरमा कम्पनीले आकर्षक योजनाहरु सार्वजनिक गरेकोे छ। यस कम्पनीको अनुसार बैंकमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५०% क्यास ब्याक, एक्सचेन्जमा कम्तिमा ४ लाखको मुल्यांकन, १ वर्षको मर्मतसम्हार खर्च र बिमा  फ्री लगायतका आपÞmरहरु सार्वजनिक गरेकोे छ।

 

प्रकाशित: Oct 10, 2023| 15:30 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्