‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै’ दशैं कन्जुमर प्रमोसन योजनाका ९ जना भाग्यशाली विजेताहरुले ९ वटा टिभीएस १२५ सिसि स्कूटर जितेका छन्। विजेताहरू असोज २ देखि असोज १५ सम्मको प्रवर्धनात्मक अवधिमा सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट छनोट गरिएको हो।
अहिलेसम्म, ९ जना विजेताहरूले नौवटा टिभीएस १२५ सिसि स्कूटर जितिसकेका छन्। हालसम्म असोज ५ र असोज ७ का दुई विजेताले आफ्नो स्कूटर दाबी गरिसकेका छन्। सो विजेताहरू ताम्राकार कम्प्लेक्सको स्मार्ट जोन मोबाइल एण्ड एसेसरिजबाट सामसङ ग्यालेक्सी एम १४ छन् खरिद गरेकी ललितपुरको कुमारीपाटीकी लीला गमाल र भक्तपुरको स्मार्ट टेक जोन इन्टरप्राइजेजबाट सामसङ ग्यालेक्सी ए२४ खरिद गरेकी भक्तपुरकी जेनी भलान्द्यो रहेका छन्।
जेनी भन्छिन्, ‘म भाग्यशाली विजेता हुनेछु भनेर मैले सोचेकी पनि थिइन। नयाँ १२५ सीसी टिभिएस स्कुटर पाउँदा म एकदमै खुसी छु। वास्तवमा म यो दशैं बेला स्कूटर किन्ने योजनामै थिएँ र अब यस्तो लाग्छ कि भगवानले साँच्चै मेरो इच्छा सुन्नुभयो। सामसङ ग्यालेक्सी ए२४ किनेर स्कूटर जिते।’
यस्तै लिलाले उपहारको लागि सामसङ नेपाललाई हृदयदेखि कृतज्ञता व्यक्त गर्न गरिन्। ‘अरूलाई पनि स्कूटर जित्ने मौकाको लागि सामसङ स्मार्टफोन किन्न प्रोत्साहित गर्न चाहन्छु। आजसम्म कहिल्यै म यति भाग्यमानी भएको थिइन,’ उनले अगाडि भनिन्।
तपाई पनि सामसङको यस अफरमा सहभागी भएर स्कुटर जित्न सक्नुहुनेछ। अझै पनि १३ वटा स्कूटर जित्न बाँकी नै छ। तपाईं पनि कुनै पनि सामसङ स्मार्टफोन वा सामसङ ट्याब्लेट खरिद गरी ती स्कूटर जित्ने भाग्यशाली विजेता बन्न सक्नुहुन्छ। नयाँ डिभाइस खरिद गरेपछि एसएमएसमा गएर SAMSUNG Serial Number राखेर ३१००१ मा पठाउनु पर्नेछ।
विजेताको सिरियल नम्बरहरू इमेज च्यानलमा लाइभ लक्की ड्रमार्फत घोषणा गरिनेछ र अर्को दिन सामसङको आधिकारिक फेसबुक पेजमा पनि पोस्ट गरिनेछ। यो दशैं कन्जुमर प्रमोसन योजना अझै पनि कार्तिक ३ गतेसम्म लागु हुनेछ।