आइतबार, जेठ ६, २०८१

सुरक्षित भनिएको तेल अभिभमा पनि विस्फोटको आवाज 

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

काठमाडौं- युद्धग्रस्त इजरायलको सुरक्षित भनिएको तेल अभिभ सहरमा पनि विस्फोटको भयानक आवाज सुनिएको सीएनएनले जनाएको छ। 

triton college

इजरायलको आइरन डोम एयर डिफेन्स सिस्टमले रकेटहरू रोकिरहँदा र गाजा स्ट्रिपमा इजरायली सेनाले हमलाहरू गर्न थालेपछि एकपछि अर्को, शहरभरि विस्फोटका आवाजहरु सुनिन थालेको जनाइएको छ। 

विस्फोटको आवाजले सहरका मानिसहरु थप त्रसित बनेको पनि सीएनएनले जनाएको छ। शनिबार आक्रमण भएको सीमा क्षेत्रबाट ६० किलोमिटर दूरीमा रहेको सहरमा पनि विस्फोटको आवाज सुनिएको हो। 

यद्पि सहरमा विस्फोट भए-नभएको बारे भने यकिन हुन सकेको छैन। इजरायलको सरकारले सोमबार गाजालाई 'पूर्ण घेराबन्दी' गर्न आदेश दिएको छ। 

हमासले इजरायलतर्फ रकेटहरू प्रहार गरिरहेको छ भने इजरायलले पनि गाजा क्षेत्रमा हमलाहरु थालेको छ। हमास समूहको आक्रमणमा इजरायलमा विभिन्‍न मुलुकका नागरिकसहित ७०० जनाको मृत्यु भएको छ भने गाजा क्षेत्रमा ५०० को मृत्यु भएको बताइएको छ। 

corrent noodles
Metro Mart

उक्त आक्रमणमा १० जना नेपालीको पनि मृत्यु भएको छ। लगातार इजरायली हवाई हमलाका कारण गाजाको बेइट हानौन इलाकामा रहेको एक मात्र अस्पताल भरिएको गाजामा प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

लगातार इजरायली हवाई आक्रमणको कारण व्यापक क्षतिले मेडिकल टोलीहरूको भवनमा प्रवेश गर्न वा बाहिर निस्कने क्षमतासमेत अवरुद्ध गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित: Oct 09, 2023| 21:20 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्