बिहीबार, असार ३२, २०८३

ट्रेलरमा यस्तो देखियो फूलपातीमा रिलिज हुने 'भष्मे डन'

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

चलचित्र ‘पशुपतिप्रसाद–२: भष्मे डन’को ट्रेलर सार्वजनिक भएको छ। कात्तिक ४ गते फूलपातीको दिन रिलिज हुने चलचित्रको ट्रेलर काठमाडौंमा कार्यक्रम गरेर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा प्रेम, जिम्मेवारी र बदलाको कथा देख्न सकिन्छ। ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन्।

दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु भएपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को कथा भन्छ। अन्य उपकथा त छँदैछन्।

चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगरलगायत कलाकारको अभिनय छ।

खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी विशेष भूमिकामा देखिनेछन्। टुकी आर्टसको ब्यानरमा निर्माण भएको सिनेमा खगेन्द्र लामिछानेले लेखेका हुन्। निर्माता पनि उनी नै हुन्।

प्रकाशित: Oct 09, 2023| 16:27 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्