बिहीबार, पुस ३, २०८२

कैदी आदानप्रदान गर्न इजरायल र हमासबीच वार्ता प्रयास

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

गाजा- कतारले इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) र इजरायलबीच युद्धका क्रममा कब्जामा लिई बन्दी बनाइएका महिलालाई आदानप्रदानका लागि मध्यस्थता गरिरहेको हमास स्रोतले आइतबार जनाएको छ। 

National life

‘अमेरिकी सहयोगमा कतारले इजरायली जेलमा रहेका ३६ प्यालेस्टिनी महिला (युद्धवन्दी) को रिहाइ गरिएमा हमासद्वारा कक्जामा लिइएका सबै इजरायली महिलालाई रिहा गर्ने गरी तत्काल सम्झौता गर्न खोजिरहेको छ,’ नाम नबताउने शर्तमा स्रोतले सिन्ह्वालाई भन्यो।        

स्रोतले इजरायलका जेलमा रहेका सबै ३६ जना प्यालेस्टिनी महिला युद्धबन्दीलाई रिहा गरेमा कैदी साटासाट गर्न सहमत हुने कतारलाई जानकारी गराएको छ। हमासले शनिबार गाजा पट्टीसँग जोडिएको इजरायली शहरमा अचानक आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी हमला गरेको थियो। 

आक्रमणका क्रममा हमासका लडाकुले गाजा पट्टीलाई इजरायलबाट छुट्याउने सुरक्षा घेरा तोडेर आसपासका समुदायमा आक्रमण गरी महिलासहित इजरायली नागरिकको हत्या र कब्जा गरेका थिए।

गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार गाजामा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४१३ पुगेको छ भने दुई हजार ३०० भन्दा बढी घाइते भएका छन्। 

Laxmi sunrise bank
kumari

त्यसैगरी इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारले इजरायलमा मृत्यु हुनेको सङ्ख्या ७०० पुगेको जनाएको छ।   -सिन्ह्वा

प्रकाशित: Oct 09, 2023| 15:36 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्