मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अपर तामाकोशीका सेयरधनीबाट ७८ प्रतिशत हकप्रद सेयर रकम संकलन

अपर तामाकोशीका सेयरधनीबाट ७८ प्रतिशत हकप्रद सेयर रकम संकलन

हकप्रद सेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। 
 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

काठमाडौं– अपर तामाकोसी हाइड्रोपावर कम्पनीका सेयरधनीबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम संकलन भएको छ।

National life

दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले गत १८ भदौदेखि सेयरधनीलाई १ कित्ता सेयर बराबर १ कित्ताको प्रतिसेयर १०० रुपैयाँ अंकित दरको हकप्रद सेयर निष्कासन गरिरहेको छ।

कम्पनीका संस्थापक विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयरबापतको रकम शतप्रतिशत चुक्ता गरिसकेका छन्। संस्थापकले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका हुन्। 

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये सर्वसाधारणबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनुपर्नेछ। मंगलबारसम्म सर्वसाधारण सेयरधनीबाट २ अर्ब ८३ करोड अर्थात् ५५ प्रतिशत रकम संकलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बताए। 

गौतमले भने, ‘संस्थापकबाट शतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम संकलन भइरहेको छ, सेयर भर्ने स्थानमा व्यापक भीडभाड देखिएको छ, बाँकी ६ दिनमा अपेक्षाकृत रुपमै रकम संकलन हुने देखिएको छ।’ हकप्रद सेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म रहेको छ। 

१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २/२ प्रतिशत संस्थापक सेयर रहेको छ। सेयर स्वामित्वअनुसार प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानले २१ करोड १८ लाख÷२१ करोड १८ लाख रुपैयाँ हकप्रद सेयरबापतको रकम चुक्ता गरिसकेका छन्।

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ। सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनुपर्नेछ। 

यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीले ३० करोड ४९ लाख ९२ हजार हकप्रद सेयरबापत चुक्ता गर्नुपर्नेछ। हकप्रद सेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित: Oct 09, 2023| 17:00 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्