सोमबार, जेठ २६, २०८२

हमास–इजरायल भिडन्तः ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो

चरमपन्थी समूह हमासको आक्रमणमा परेर ७०० इजरायली र इजरायली सेनाको आक्रमणबाट ४०० प्यालेस्टिनीको मृत्यु भएको अमेरिकी समाचार संस्था सीएनएनले बताएको हो।
 |  सोमबार, असोज २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

vianetvianet

काठमाडौं– मध्यपूर्वमा चरमपन्थी प्यालेस्टिनी समूह हमास र  इजरायलबीच लडाइँ हुँदा हालसम्म दुवै पक्षका गरी कम्तीमा ११ सय मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। चरमपन्थी समूह हमासको आक्रमणमा परेर ७०० इजरायली र इजरायली सेनाको आक्रमणबाट ४०० प्यालेस्टिनीको मृत्यु भएको अमेरिकी समाचार संस्था सीएनएनले बताएको हो।

शनिबार जमिन, अकास र समुद्रबाट एकैसाथ हमासले अचानक आक्रमण गरेपछि इजरायल प्रतिकारमा उत्रिएको थियो। इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण ठानिएको छ।

आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमासविरुद्ध युद्ध लडिरहेको घोषणा गर्दै निमिट्यान्न पारिने चेतावनी दिएका छन्। हमासले कैयौं इजरायली नागरिक र सैनिकलाई बन्दी बनाएको छ। हमासको आक्रमणपछि इजरायलले गाजापट्टी क्षेत्रमा आक्रमण गरेको छ।

इजरायली सेनाले आवासीय भवनमा समेत आक्रमण गर्न थालेपछि गाजा क्षेत्रबाट १ लाख २३ हजार ५३८ मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
द्वन्द्वलाई लिएर इरानले हमासको चरमपन्थी लडाकु समूह हमासलाई बधाइ दिएको छ भने इराकलगायतका मुस्लिम देशहरुले प्यालेस्टिनी नागरिकको रक्षाका लागि अपिल गरेका छन्।

आजै बसेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठक द्वन्द्व अन्त्यका लागि सहमति जुट्न नसकेपछि सदस्य राष्ट्रयहरु संयुक्त विज्ञप्ति निकाल्न असफल भएका छन्।

National life insurance

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई सैनिक समर्थन जुटाउन जंगीबेडासहितको जहाज पठाएका छन्। उक्त जहाजमा लडाकु विमान, क्रुज मिसाइल, क्षेप्यास्त्र, सैनिकलगायत टोली रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

प्रकाशित: Oct 09, 2023| 11:18 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्