बिहीबार, पुस ३, २०८२

इरानका राष्ट्रपतिले गरे हमास नेतासँग कुराकानी

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

इजराइलमा हमासले गरेको अप्रत्याशित आक्रमणको एक दिनपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले प्यालेस्टिनी लडाकु समूह हमास र इस्लामिक जिहादका नेताहरूसँग कुराकानी गरेका छन्।

National life

त्यहाँस्थित सरकारी सञ्चारमाध्यमका अुनसार राष्ट्रपति इब्राहिम रइसीले आइतबार कुराकानी गरेका हुन्।

‘राष्ट्रपति रइसीले इस्लामिक जिहाद मुभमेन्टका महासचिव जियाद अल–नखालाह र हमासको राजनीतिक ब्यूरो प्रमुख इस्माील हानियाहसँग फोनमा छुट्टाछट्टै कुराकानी गर्नुभएको छ’, थप विवरण केही उल्लेख नगरी सरकारी समाचार समिति इर्नाले भनेको छ।

गाजापट्टीलाई नियन्त्रण गरेको हमासका लडाकुहरूले शनिबार बिहानै इजराइलमा व्यापक रकेट हमला गर्दै घुसपैठ गरेका थिए।

इजराइल सरकारले दशकयताकै भएको सबैभन्दा खराब लडाइँमा छ सयभन्दा बढी इजराइली मारिएको र हमासले एक सयभन्दा  बढीलाई बन्धक बनाएको बताएको छ।

Laxmi sunrise bank
kumari

गाजामा पनि कम्तीमा तीन सय १३ मारिएको समाचार एजेन्सीहरूले बताएका छन्।

इरानले प्यालेस्टिनी आक्रमणलाई ‘गौरवशाली कारवाही’ र ‘ठूलो विजय’ भन्दै प्रशंसा गरेको छ।

‘यो विजयी कारवाहीले यहुदीहरूको शासनको पतनलाई सहजता र गति दिनेछ तथा यहुदीहरूको आसन्न विनाशलाई पूरा गर्ने प्रतिज्ञा गर्दछ’, इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीका वरिष्ठ सल्लाहकार अली अकबर भेलायतीले भने, ‘म यो विशाल र रणनीतिक विजयलाई शुभकामना दिन्छु जुन यस क्षेत्रका सबै सम्झौता गर्नेहरूका लागि गम्भीर चेतावनी हो।’

इरानले गत जुनमा हमास र इस्लामिक जिहादका नेताहरुको वार्ताको आयोजना गरेको थियो। त्यतिबेला इरानी राष्ट्रपति रइसीले अधिनस्थ क्षेत्रहरू मुक्त गर्न खोज्ने युवा प्यालेस्टिनीहरूलाई निरुत्साहित गर्ने उद्देश्यले इजराइलले धेरै अरब र मुस्लिम देशसँगको सम्बन्धलाई सामान्यीकरण गर्न खोजिरहेको बताएका थिए।   -एएफपी

प्रकाशित: Oct 08, 2023| 21:48 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्