बिहीबार, फागुन १४, २०८२

इन्डियन आइडलमा मेनुकाको धमाका, रोकिएनन् श्रेयाका आँशु

पौडेलले ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजन गाएर गोल्डेन माइक त जितिन् नै, जजहरुलाई पनि चकित पारिदिइन्।
 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

अहिले इन्डियन आइडलको सिजन १४ चलिरहेको छ। त्यसो त इन्डियन आइडलमा भारतीय नै प्रतिस्पर्धी हुन्छन्। तर अपवादको रुपमा नेपाली प्रतीभा पनि इन्डिययन आइडलको मञ्चसम्म पुग्ने गर्छन्।

National life

यसैबीच नेपाली गायिका मेनुका पौडेलले इन्डियन आइडलको अडिसनमा अभूतपूर्व प्रस्तुति दिएकी छन्। पौडेलले ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजन गाएर गोल्डेन माइक त जितिन् नै, जजहरुलाई पनि चकित पारिदिइन्।

मेनुकाले गीत गाउँदै गर्दा जज श्रेया घोसाल धर्धरी नै रोइन्। मेनुकाले गाइसकेपछि  केहीबेरसम्म जजहरूमा सन्नाटा छाएको थियो। त्यसपछि सबै जज श्रेया, विशाल डडलानी र कुमार सानुले उठेर ताली बजाए। भावुक हुँदै विशालले भने, ‘हामी संगीतकार जुन कुरालाई पुज्छौं नि, त्यो आज आँखा अगाडि देखिरहेका छौं। म जुन चिजलाई पुज्छु, त्यो तिमी आफैं हौ। श्रेया रोइरहेकी छिन्, म रोइरहेको छु। यसको मतलब हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ। ’

श्रेयाले आफूहरूको संगीतप्रतिको स्पष्टता र निर्दोषिता मेनुकाले जगाइदिएको बताइन्। मेनुकालाई धन्यवाद दिँदै आशिषाले थपे,‘तिमीले मेरो लागि धेरै काम गरिदियौ। आजको दिनदेखि म जुन संगीत बनाउँछु, त्यो फरक हुनेवाला छ। जसको कारण तिमी हौ।’

यसपछि मेनुकाले विशालको कम्पोजिसनमा गाउने चाहना पनि व्यक्त गरिन्। यदि आफ्नो भाग्यमा त्यस्तो सहकार्य लेखेको छ भने अवश्य हुने आशिषले बताए। श्रेयाले थपिन्, ‘तिमी के हौ, तिमी आफैंलाई थाहा छैन मेनुका। यही कारण मलाई मजा आयो। मलाई लाग्दैन कि यस इन्डियन आइडलमा कसैले पनि यति राम्रोसँग गाएको छ।’ आफूले मेनुकाको आवाजमा ईश्वर देखेको श्रेयाले बताइन्। कुमार सानुले भने केही बोलेनन्।  त्यसपछि तीनै जना जज स्टेजमा गएर मेनुकालाई गोल्डेन माइक दिए। अब उनको इन्डियन आइडलमा ड्रिम डेब्यु हुनेछ।

Laxmi sunrise bank

झापाको हल्दिबारीमा जन्मिएकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् भने २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन्।

प्रकाशित: Oct 08, 2023| 15:06 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्