शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • कोशी
  • विश्वासको मत नमागी कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिए

विश्वासको मत नमागी कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिए

 |  शनिबार, असोज २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २०, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन्। प्रदेश सभामा बोल्दै मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

National life

कार्कीले कोशी प्रदेशमा राजनीतिक निकासका लागि सबै दललाई आह्वान गरे। उनले मध्यावधि निर्वाचनले राजनीतिक निकास नहुने पनि बताए। उनले भने, ‘प्रदेशमा मध्यावधि निर्वाचन जनताको माग होइन।’

उनले कतिपय घटनाका कारण जनता निर्वाचनको मुडमा नरेहको पनि बताए। कार्कीले भने, ‘राजनीतिक निकासका लागि के कसरी सकिन्छ, एमाले तयार छ। अरू दल पनि आउनपर्‍यो। यहाँ अब सरकारको कुरा रहेन।’

संविधानको धारा १६८ को उपधारा ३ अनुसार गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत माग्ने कार्यक्रम थियो। मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ।

शनिबार नै मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलको संसदीय दलका नेतालाई आग्रह गरेका थिए। उनले पत्र लेख्दै सबै दलका संसदीय दलका नेतालाई विश्वासको मत दिनका लागि आग्रह गरे पनि विश्वासको मत दिन अन्य दल सहमत भएनन्।

Shivam cement

९३ जना सांसदमध्ये नेकपा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

प्रदेश सभामा घोषणा गरेपछि मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन्।

 

प्रकाशित: Oct 07, 2023| 17:32 शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्