आइतबार, जेठ २५, २०८२

गायक सविन राईको लाइभ प्रस्तुति हुँदै

दरबारमार्गको अन्नपूर्ण होटलमा रहेको भीटू क्लबले शुक्रबार गायक सविन र फराहो ब्यान्डलाई प्रत्यक्ष संगीतका लागि प्रस्तुत गर्ने भएको हो।
 |  बिहीबार, असोज १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

vianetvianet

काठमाडौं– गायक सविन राईले शुक्रबार दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको भीटू क्लबमा लाइभ प्रस्तुति दिने भएका छन्।

‘शुक्रबार ७ बजे क्लबको डोर ओपन हुनेछ। त्यसपछि डाइनामिक्स ब्यान्डले सांगीतिक प्रस्तुति दिनेछन्’, भीटू व्यवस्थापक मनोज श्रेष्ठले भने, ‘गायक सविन राईको राती ११ बजेसम्म निरन्तर प्रस्तुति रहनेछ।’ 

भीटू क्लबमा अत्याधुनिक लाइट सिस्टम र साउन्ड संयोजन गरिएको छ। क्लबले हरेक दिन फरक–फरक इभेन्ट आयोजना गरेर क्लब कल्चरमा नयाँ आयम थप्ने योजना बनाएको सञ्चालक कृष्णकुमार बुढाथोकी बताउँछन्। स्वादिष्ट परिकार, ब्रान्डेड मदिरा, लाइभ म्युजिक, चर्चित डिजेको प्रस्तुति रहने भीटू क्लब उत्कृष्ट गन्तव्य भएको उनको भनाइ छ।

सन् २००१ मा पहिलो एल्मब निकालेका सविनको खासै सांगीतिक चर्चा नभए पनि सन् २००३ मा  ‘सतह’ नामक एल्बम निक्लेपछि उनको चर्चा चुलिएको थियो। गायक राईका ‘कोमल त्यो तिम्रो वदन’ ‘गुराँसको फेदमुनि’ ‘किन कि म’  ‘नमुना’ ‘म संसार जित्ने आश गर्दै छु,’ जस्ता गीत श्रोतामाझ लोकप्रिय छन्।

प्रकाशित: Oct 05, 2023| 13:39 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्