शुक्रबार, वैशाख ४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • सिक्किममा टिस्टा नदीको वितण्डा: हालसम्म १४ को मृत्यु,  १०२ जना बेपत्ता

सिक्किममा टिस्टा नदीको वितण्डा: हालसम्म १४ को मृत्यु,  १०२ जना बेपत्ता

बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुल बगाएर विनाश गरेको भारतीय सैनिकका प्रवक्ताको भनाइ।
 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

काठमाडौं– सिक्किम प्रान्तमा हिमताल फुटेपछि टिस्टा नदीमा अकस्मात आएको बाढीका कारण हालसम्म १४ जनाको मृत्यु, २६ घाइते र १०२ जना बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

National life

‘बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुल बगाएर विनाश गरेको छ’, उत्तरपूर्वी सिक्किमको पहाडी उपत्यकामा बुधबार हिमताल फुटेपछि आज पत्रकारसँग बोल्दै भारतीय सेनाका प्रवक्ता हिमांशु तिवारीले भने। अधिकारीका अनुसार बाढीले सडक संरचनामा ठूलो क्षति पुगेको छ भने १४ पुल बगाएको छ। 

‘अहिलेसम्म १४ वटा शव फेला परेका छन् र सैनिक कर्मचारीसहित १०२ जना हराइरहेका छन्’, सिक्किमका मुख्यसचिव विजय भूषण पाठकले भने। हराइरहेकामध्ये २२ जना सैनिक कर्मचारी रहेको भारतीय सेनाले जनाएको छ। एक सैनिकको उद्धार गरिएको थियो। 

विश्वको तेस्रो सबैभन्दा अग्लो शिखर कञ्चनजंघामा रहेको हिमनदीको फेदमा अवस्थित ल्होनाक ताल फुट्दा पानीको बहाव बढेको हो। टाइम्स अफ इन्डियाका अनुसार भारतको पूर्वोत्तर राज्य सिक्किमको लाचेन उपत्यका क्षेत्रमा बुधबार अचानक आएको बाढीले टिस्टा नदीको सतह ह्वात्तै बढेको छ। ठूलो पानी परेसँगै चुंगथाङ ड्यामबाट ठूलो मात्रामा टिस्टा नदीमा बाढी आएको हो। लाचेन उपत्यकामा भारतीय सैनिक क्याम्प रहेको छ।

बाढीले सेनाको क्याम्पसमेत बगाएको छ। ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको छ। बाढीले सडक बगाएको छ भने अरू भौतिक संरचनामा पनि क्षति पुगेको बताइन्छ। बाढीका कारण सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने राष्ट्रीय राजमार्ग–१० का कैयौं हिस्सा बगेका छन्।

kumari

प्रकाशित: Oct 05, 2023| 12:23 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्