बिहीबार, पुस ३, २०८२

टिस्टा नदीले बगाएर २३ भारतीय सैनिक बेपत्ता

ठूलो पानी परेसँगै चुंगथाङ ड्यामबाट ठूलो मात्रामा टिस्टा नदीमा बाढी आएको हो। 
 |  बुधबार, असोज १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १७, २०८०

काठमाडौं– सिक्किममा अवस्थित टिस्टा नदीमा ठूलो बाढी आउँदा २३ जना भारतीय सैनिक बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

National life

टाइम्स अफ इन्डियाका अनुसार भारतको पूर्वोत्तर राज्य सिक्किमको लाचेन उपत्यका क्षेत्रमा बुधबार अचानक आएको बाढीले टिस्टा नदीको सतह ह्वात्तै बढेको हो। ठूलो पानी परेसँगै चुंगथाङ ड्यामबाट ठूलो मात्रामा टिस्टा नदीमा बाढी आएको हो। लाचेन उपत्यकामा भारतीय सैनिक क्याम्प रहेको छ।

बाढीले सेनाको क्याम्पसमेत बगाएको छ। ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको छ।

बाढीले सडक बगाएको छ भने अरू भौतिक संरचनामा पनि क्षति पुगेको बताइन्छ। बाढीका कारण सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने राष्ट्रीय राजमार्ग–१० का कैयौं हिस्सा बगेका छन्।

प्रकाशित: Oct 04, 2023| 11:22 बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्