बिहीबार, पुस ३, २०८२

मेक्सिकोमा गिर्जाघर भत्किँदा सातजनाको मृत्यु

 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

मेक्सिको सिटी- उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक गिर्जाघरको छाना भत्किँदा कम्तीमा सातजनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।

National life

राज्यका सार्वजनिक सुरक्षा प्रवक्ता जर्ज कुएलरले कम्तीमा सातजनाको मृत्यु भएको पुष्टि गरे। उनका अनुसार भग्नावशेषबाट हालसम्म १० जनाको उद्धार गरिसकिएको छ। उद्धारकार्य जारी छ।

मदेरो सहरको सान्ता क्रुज गिर्जाघर भत्किनुको कारण संरचनागत कमजोरी हुन सक्ने कुएलरले बताए।

तामाउलिपासका गभर्नर अमेरिको भिल्लारियलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। रासस/सिन्ह्वा

प्रकाशित: Oct 02, 2023| 19:45 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्