काठमाडौं– सत्तारुढ दल दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य रामशरण महतबीच भभनाभन भएको छ। क्रियाशील सदस्यता विवादलाई लिएर प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा र महतबीच भनाभन भएको हो।
बैठकमा धारणा राख्ने क्रममा महतले सभापति देउवाको जिल्ला डडेलधुरामा पनि क्रियाशील सदस्यताको विवाद रहेको बताएका थिए। त्यसपछि देउवा जंगिँदै महतलाई चुप लाग्नुस् भन्दै कड्किएका थिए। ‘तपाईं चुप लाग्नु्स्, नुवाकोटमा पनि त विवाद छ नि,’ देउवाले भने।
सभापति देउवाले बीचमै राेकेर तपाईंकाे नुवाकाेटमा पनि विवाद छ नि भनेपछि महतले भने, ‘म बोल्दैछु, राम्रोसँग सुन्नुस् पहिला।’ महतले क्रियाशील विवाद समाधानमा नेतृत्व गम्भीर नभएको र धाँधली गरिएको आरोप लगाए।
चौधौं महाधिवेशनको संघारमा रहेको कांग्रेसभित्र क्रियाशील सदस्यताको विवाद छ। विवाद समाधानका लागि नेता रमेश लेखकको संयोजकत्वमा गठित समितिले विवाद पूर्ण रुपमा नमिलाइकनै केन्द्रीय समितिमा प्रतिवेदन बुझाएको थियो।
क्रियाशील सदस्यता विवादकै कारण तोकिएको मितिमा महाधिवेशन नहुने निश्चित भइसकेको छ। यद्यपि, नयाँ कार्यतालिका भने सार्वजनिक भएको छैन। सभापति देउवासहित शीर्ष नेताहरु महाधिवेशन सार्नुपर्ने निष्कर्षमा पुगिसकेका छन्।
केन्द्रीय सदस्यहरुबाट धारणा लिएर केन्द्रीय सदस्यले नयाँ कार्यतालिका तय गर्ने बताइएको छ। आजकै बैठकमा नेता शेखर कोइरालाले दुई महिनाभित्र क्रियाशील सदस्यताको विवाद टुंग्याएर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन्। ‘छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्याएर डेढ–दुई महिनाभित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ,’ उनले भने।
‘गोविन्दराज जोशीलाई तह लाउनका लागि पुष्कर ओझालाई उहाँले सहिद बनाउनु भयो। थानीजी उहाँबाट के आस गर्नुहुन्छ?’ थानीलाई बस्नेतले प्रतिप्रश्न गरेका थिए। यसपछि बस्नेतले आफ्नो जिल्लामा पनि पौडेल समूहले विवाद सिर्जना गरेको आरोप लगाएका थिए।
गत निर्वाचनमा रामचन्द्र पौडेलको उम्मेदवारी रहेको तनहुँ–१ बाट नेपाली कांग्रेसका नेता रहेका गोविन्दराज जोशीले पनि उम्मेदवारी दिएका थिए। तर पछि उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो। यसमा पौडेलको हात रहेको आरोप लाग्दै आएको छ। तर रामचन्द्रलाई नेकपा एमालेका किसन श्रेष्ठले पराजित गरेका थिए।