शुक्रबार, माघ २५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।
 |  आइतबार, असोज १४, २०८०

विजेता

विजेता

आइतबार, असोज १४, २०८०

ntc landingntc landing

सानैदेखि पढ्दै आएको सबैजसो नेपाली किताबको कभर डिजाइनमा टेकवीर मुखियाको नाममात्रै पढेकी थिएँ। को होलान् उनी जस्तो लाग्थ्यो। यो नामसँग नजानिँदो आत्मीयता महसुस हुन्थ्यो। किताबको कभर डिजाइनमा अहिले थुप्रै नाम चम्किएका छन्। तर मैले सम्झिने नाम टेकवीर हुन्।

himalayan bank box

किताबका भित्री अक्षरलाई कला प्रदान गर्नु र परिभाषित गर्नु सजिलो पक्कै होइन। उनी लामो समय यसैमा साधनारत रहे। अहिलेको समयमा हुँदो हो त पाँच हजार कृतिको कभर डिजाइन गर्ने कलाकारको हर्षबढाइँ, ग्लामर र क्रेज अर्कै हुन्थ्यो होला। तर उनी दशकौंसम्म शालीन साधनामा रमेर बसे।

किताबका एक से एक डिजाइन गरे र थुप्रै अक्षरका भावलाई एउटा कलाले उद्भाषित गरे। आज बसेको मदन पुरस्कार गुठीको बैठकले २०७९ सालको जगदम्बा–श्री पुरस्कार टेकवीर मुखियालाई प्रदान गर्ने निर्णय गर्यो। गुठीको निर्णयको सबैले स्वागत गरे। तर यत्रो वर्ष किन उनलाई गुठीले सम्झेन? हुन त उनी सच्चा कलाकार हुन् उनीबाट पुरस्कार पुरस्कृत हुनेवाला छ। तर यत्रो वर्षपछि उनलाई जगदम्बा–श्रीको लागि चयन गर्नुले कताकता नमिठो आभाष भयो।  

कथाकार विजय मल्लको, ‘कोही किन बर्बाद होस्’ कृतिको आवरण चित्र, महाकवी लक्ष्मीप्रसाद देवकोटाको, ‘लक्ष्मी कविता संग्रह’ र भूपिको, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, विश्वेश्वरप्रसाद कोइरालाको दोषी चश्मा लगायत थुप्रै चर्चित कृतिहरुको उनले आवरण चित्र बनाएका छन्। उनले इन्द्रबहादुर राईदेखि भूपि, लक्ष्मीप्रसाद देवकोटादेखि कोइराला र पारिजातसम्मका विभिन्न विधाका कृतिहरुको आवरण चित्र बनाएर मुखरित गरिदिएका छन्।

मुखियाको आवरण कलाले मात्रै पनि एक युग र युग परिवर्तनको कथा भन्छ। उनको नामलाई लोकसेवा आयोगका विद्यार्थीले घोकेका छन् भने विद्यार्थी र वृद्धीजिवीले सम्झिरहनु पर्ने हुन्छ।  लोकसेवा आयोगमा सोधिने एउटा प्रश्न छ- सांसदहरुका लागि नयाँ प्रतीक चिन्ह बनाउने कलाकार को हुन् ? हो उनै मुखियाले बनाएका छन् सांसदहरुका लागि नयाँ प्रतीक चिन्ह।

६ दशकदेखि कला क्षेत्रमा सक्रिय मुखियाले लामो समय साझा प्रकाशनमा आबद्ध भएर पुस्तकको कभर डिजाइन गरेका थिए। जगदम्बा श्री २०४५ सालबाट र मदन पुरस्कार २०१३ सालबाट प्रदान गरिँदै आएको छ। टेकवीर मुखियाले कला क्षेत्रमा र आवरण डिजाइको लागि मात्रै पनि साधना गरेको काल त्योभन्दा अघिदेखिको हो। 

वरिष्ठ कलाकार तथा चित्रकार टेकवीर मुखियाको जन्म सन् १९३८ मा काठमाडौंमा भएको हो। मुखियाले थुप्रै बालकिताब हरुको तस्बिर चित्रसमेत कोरेका छन्।

मुखियाले थुप्रै सम्मान र पदवी पाएका छन्। उनले प्रबल गोर्खा दक्षिण बाहु राजा वीरेन्द्रबाट प्राप्त गरेका थिए भने राष्ट्रिय प्रतिभा पुरस्कार (२००२), निश्चल बाल पुस्तक पुस्कार र अन्य थुप्रै पुरस्कारहरु प्राप्त गरेका छन्।

प्रकाशित: Oct 01, 2023| 19:32 आइतबार, असोज १४, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।
वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।