बिहीबार, असोज २, २०८२

२०७९ सालको मदन पुरस्कार विवेक ओझाको 'ऐँठन'लाई

 |  आइतबार, असोज १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

२०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ। आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो।

Kumaribank

यसैगरी जगदम्बाश्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ।

ओझाको यसअघि 'ऐलानी' नामक उपन्यास प्रकाशित छ भने मुखिया लामो समयदेखि ललितकला र पुस्तकका आवरण सिर्जनामा सक्रिय छन्।

दुवै पुरस्कारको राशि ४-४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ। २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको 'हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल' तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत उत्पादक' पुस्तकलाई मदन पुरस्कार प्रदान गरेको थियो।

२०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरूप जगदम्बा-श्री पुरस्कारको स्थापना गरिएको थियो। यो सम्मान पहिलोपटक नारायण गोपाललाई दिइएको थियो नेपाल तथा नेपाल बाहिरबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये एकलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाङ्‍मय तथा संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति वा संस्थालाई जगदम्बा-श्री दिइँदै आइएको छ।

Metro Mart

प्रकाशित: Oct 01, 2023| 11:25 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।