आइतबार, मंसिर २८, २०८२

भारतीय गायक कैलाश खेर नेपालमा, कन्सर्ट शनिबार

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

भारतका चर्चित गायक कैलाश खेर नेपाल आएका छन्। उनी आज साँझ काठमाडौं आइपुगेका हुन्।

National life

उनी काठमाडौंमा भोलि आयोजना हुने एक सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिनका लागि आएका हुन्। उनी केही स्थान पनि घुम्ने जनाइएको छ।

कैलाश खेर र उनको ब्यान्ड कैलाशाको प्रस्तुति शनिबार प्रिभे नेपाल क्लबमा हुनेछ। उनको कान्सर्टको लागि माइपे डिजिटल वालेटबाट टिकट काट्न सकिन्छ।

टिकटको मूल्य २४ सय ९९ र २९ सय ९९ रहेको छ। तर कार्यक्रम स्थलमै भने टिकटको मूल्य बढ्न सक्ने आयोजकले जनाएको छ।

प्रकाशित: Sep 29, 2023| 21:00 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्