बिहीबार, कात्तिक २७, २०८२

ठगी आरोपमा कलाकार अनमोल केसी पक्राउ 

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

काठमाडौं- चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा अनमोल केसी ठगी आरोपमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगी आरोपमा काभ्रेपलाञ्चोकको साँगाबाट पक्राउ गरेको हो।

एकजना फिल्म निर्माताले आफूलाई धोका दिएको भन्दै उजुरी दिएपछि प्रहरीले अनमोललाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका प्रमुए एवम् एआईजी दीपक थापाले जानकारी दिएका छन्। 

चलचित्र ‘रावायण’मा काम गर्ने भनेर अन्तिम अवस्थामा धोका दिएपछि केसीविरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्सले उजुरी दिएको थियो।

पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले दिएको उजुरीका आधारमा प्रहरीले यसअघि नै केसीविरुद्ध पक्राउ पुर्जी लिइसकेको थियो।

उजुरी आएपछि अपराध अनुसन्धान कार्यालयले केसीलाई छलफलका लागि कार्यालयमा बोलाएको थियो।

Laxmi sunrise bank
kumari

तर उनले अटेरी गर्दै फिल्म सुटिङमा लागेका थिए। उजुरीबारे छलफलका लागि प्रहरी कार्यालयमा बोलाउँदा पनि नआएपछि प्रहरीले पक्राउ पुर्जी लिएर उनलाई शुक्रबार पक्राउ गरेको हो। 

प्रकाशित: Sep 29, 2023| 18:11 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्