सोमबार, जेठ ७, २०८१

राष्ट्रपतिद्वारा इन्द्र जात्रा अवलोकन (तस्बिरहरु)

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने प्रचलन रही आएको धार्मिक विश्वास छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ।
 |  बिहीबार, असोज ११, २०८०

शिरिषमान महर्जन

शिरिषमान महर्जन

बिहीबार, असोज ११, २०८०

काठमाडौं- काठमाडौं उपत्यकामा बिहीबार इन्द्र जात्रा पर्व मनाइएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, दोलखा लगायत जिल्लामा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अडाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि जात्रा सुरु हुन्छ। यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

triton college

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने प्रचलन रही आएको धार्मिक विश्वास छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ। इन्द्र जात्राको अन्तिम दिन असोज १५ गते राति ८ बजेर ३७ मिनेटको साइतमा लिङ्गो ढालेपछि जात्रा समाप्त हुन्छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन्। सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदलै हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गएर जात्रा अवलोकन गरेका हुन्। 

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्ध सालिकबाट पैदल गएको यो पहिलोपटक हो। यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए। जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्दी बैठकसम्म गएका थिए।
 

WhatsApp-Image-2023-09-28-at-18.09.38-1695906189.jpeg

corrent noodles
Metro Mart

WhatsApp-Image-2023-09-28-at-18.09.39-(1)-1695906189.jpeg

WhatsApp-Image-2023-09-28-at-18.09.39-1695906189.jpeg

382485846_621288610198957_7323934591979494991_n-1695905978.jpg

384523159_204498462537139_868965517829128657_n-1695905975.jpg

379935639_1018820802765942_3302622065915665069_n-1695905975.jpg

379872027_654495396776786_9125842354450189361_n-1695905977.jpg

384508691_3220762338218761_8623226922145151605_n-1695905976.jpg

382310208_3731907043712509_8939180296316366772_n-1695905977.jpg

381852117_262190086790548_3788085488384909601_n-1695905976.jpg

382244390_287385150774254_3881146916690878278_n-1695905978.jpg

प्रकाशित: Sep 28, 2023| 18:50 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्