आइतबार, वैशाख २७, २०८३

आमा बन्दै नायिका रेखा थापा

नायिका एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत रहेकी रेखाले आफूलाई डाक्टरले आगामी फागुन–चैततिर सन्तान जन्मिने डेट दिएको सामाजिक सञ्जालमार्फत घोषणा गरेकी हुन्।
 |  बुधबार, असोज १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १०, २०८०

काठमाडौं– नायिका रेखा थापाले आगामी फागुन–चैततिर आमा बन्न लागेको घोषणा गरेकी छन्। नायिका एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत रहेकी रेखाले आफूलाई डाक्टरले आगामी फागुन–चैततिर सन्तान जन्मिने डेट दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।

National life

फिल्म निर्माता छवि ओझासँग बिहे गरेर ब्रेकअप गरेसँगै केही समय सिंगल रहेर गत वर्ष प्रेमी बलराम शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी रेखाले बच्चा जन्माउन लागेकी हुन्। 

‘भविष्य पनि गजबको ‘उपहार’ हो, जो नआउँदै हामीलाई किस्ता किस्तामा खुसी पठाइदिन्छ,’ मंगलबार पतिसँगको तस्बिरमा उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। 

पछिल्लो समय ‘उपहार’ फिल्ममा अभिनय गरिरहेकी रेखाको पेटमा ५ महिनाको सन्तान हुर्किरहेको छ। ‘उपहार’ अहिले काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको उनले बताइन्।

 

प्रकाशित: Sep 27, 2023| 13:22 बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्