शनिबार, साउन ९, २०८३

‘ए’ डिभिजन लिग : थ्रीस्टारविरुद्ध मनाङ उत्रिदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
 
काठमाडौं- आज (बिहिबार)बाट तेस्रो चरणका खेलहरु सुरु हुन लागेको पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अनर्तगत तेस्रो चरणको सबैभन्दा रोमाञ्चक भिडन्तमा मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबको खेल हुने भएको छ । लिग उपाधि दाबेदारका रुपमा हेरीएको यि दूबै टोली आज भिड्न लागेका हुन् ।

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २:३० बजे सुरु हुनेछ । दुई खेल खेल्दा दुबै खेलमा जित निकालेका यि टोली, यो खेलमा कस्ले जित्ला भन्ने कौतुहलता भएको छ । 

थ्री स्टारले प्रतियोगिताको लय समात्दै गर्दा मनाङलाई भने स्टार खेलाडी खेलैपिछे घाइते हुनुले संकटमा परेको छ । तेस्रो चरणसम्म आईपुग्दा मनाङलाई खेलाडीको चोटले सताएको छ । मनाङका कप्तान तथा मिडफिल्डर सुजल श्रेष्ठ र प्रकाश बुढाथोकी चोटका कारण केही साता मैदान बाहिर रहेका छन् । 

दोहोरो पहेलो कार्डका कारण ओलावाले अफिजले थ्री स्टारविरुद्वको खेल गुमाउनेछन् । ओलावाल लिगका सर्वाधिक गोलकर्ता समेत हुन् । यता, थ्री स्टार कप्तान बिक्रम लामाको आगमनसँगै लयमा देखिएको छ । राष्ट्रिय टिमका खेलाडीले भरिएको थ्री स्टारले मनाङविरुद्वको खेल गुमाउन नसकिने बताएको छ । 

त्यस्तै बिहिबार हुने पहिलो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुदैछ । एन्फा कम्प्लेक्समा बिहान ११ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजिमा हुनेछन् । दुवै टोलीले एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै च्यासल नवौ स्थानमा रहदाँ एनआरटी १० औ स्थानमा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।