मंगलबार, असार १०, २०८२

सबैभन्दा छिटो ५०० करोड कमाउने हिन्दी फिल्म बन्यो 'जवान'

 |  आइतबार, असोज ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

vianetvianet

बलिउड अभिनेता शाहरूख खान अभिनित फिल्म 'जवान' ले भारतीय बक्स अफिसमा सबैभन्दा छिटो ५०० करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ। फिल्मले प्रदर्शनको १८ दिनमा यो रेकर्ड राखेको हो।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार भारतमा फिल्मले १७ दिनमा ५ सय करोडको आँकडा छोएको छ। यो हिन्दी संस्करणको मात्रै कमाइ हो। फिल्मले तमिल र तेलुगू संस्करणमा थप ५६ करोड २१ लाख कमाएको छ भने विश्वभरबाट ९६६ करोड आम्दानी गरेको छ।

पाँच सय करोड कमाउन सनी देओलको फिल्म 'गदर २' लाई २४ दिन लागेको थियो भने शाहरूख खानको 'पठान' लाई २८ दिन र 'बाहुबली २' को हिन्दी संस्करणलाई ३४ दिन लागेको थियो।

योसँगै 'जवान' ५ सय करोड क्लबमा सामेल हुने चौथो हिन्दी फिल्म बनेको छ। अहिलेसम्म भारतमा 'बाहुबली २', 'पठान' र 'गदर २' मात्रै ५ सय करोड क्लबमा समावेश भएका छन्। 'पठान' ले ५४३ करोड कमाएको थियो भने 'बाहुबली २' को हिन्दी संस्करणले ५१० करोड र 'गदर २' ले ५२२ करोड कमाएको थियो।

अरुण कुमारले निर्देशन गरेको फिल्म 'जवान' मा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ। फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्।

प्रकाशित: Sep 24, 2023| 16:37 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्