शनिबार, पुस ६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

द्रुत बसको बिजोग ! ट्राफिकलाई लेन खाली गराउने सकस

सरकारले ल्याएको योजना व्यवस्थित गर्न सके केही हदसम्म यात्रुलाई सहज त हुने थियो। तर, सुरुवाती अवस्था हेर्दा यसको दीर्घकालीन सफलतामा शंका देखिएको छ।
 |  आइतबार, असोज ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

ntc landingntc landing

सरकारले यही असोज ३ गते बुधबारदेखि भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म द्रुत बस सेवा सुरु गर्‍यो। संविधान दिवसको अवसरमा यातायात मन्त्रीले बस सेवा उद्घाटन गरे।

himalayan bank box

‘द्रुत बस सेवा’ लेखिएका दुई वटा गाडी रत्नपार्कको शान्ति बाटिकाबाट सूर्यविनायकतर्फ हिँडे। सडकमा भर्खरै पोतिएको रातो रङको लेन हुँदै दुवै बस बिहान १० बजेर ५३ मिनेटमा अगाडि बढेका थिए।
ट्राफिक प्रहरीको स्कर्टिङमा हिँडेका द्रुत बस भक्तपुरको सूर्यविनायक पुग्दा ११ बजेर ३८ मिनेट गएको थियो। यसअघि सडक जामका कारण रत्नपार्कदेखि सूर्यविनायक पुग्न कम्तीमा पनि १ घण्टा ३० मिनेट लाग्ने गरेको थियो। तर, ती बस ठ्याक्कै ४५ मिनेटमा गन्तव्यमा पुगे।

सूर्यविनायकतर्फ जाँदा विभिन्न चोकमा ट्राफिक लाइटमा र बिसौनीमा तोकिएको समयभन्दा बढी गाडी रोकिएनन्। काभ्रे–काठमाडौं नगर बसको बा ४ ख ९१८१ नम्बरको बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, महानगरीय ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेललगायत सवार थिए।

त्यसदिन उद्घाटनपछि बस थन्क्याइए। भोलिपल्टदेखि यात्रुले सेवा पाउने भनिएको थियो। पहिलो दिन नै द्रुत बस सेवा अस्तव्यस्त बन्यो। एक त पहिलो दिन त्यसमाथि बानेश्वरमा शिक्षकको आन्दोलन। शुक्रबार पनि उस्तै भद्रगोल।

fast bus service1695190873.jpg
शनिबार सार्वजनिक बिदा भएकाले द्रुत बस सेवा चलेन। उद्घाटनको पाँचौं दिन आज आइतबार पनि द्रुत बसको बिजोग देखियो। सबैभन्दा ठूलो समस्या द्रुत बसका लागि रातो रंग पोतेर छुट्याइएको डेडिकेटेड लेन खाली नहुनु हो। ती बसका लागि देब्रे साइडमा सानो लेन बनाइएको छ। त्यो लेन सेतो रंगले छुट्याइएको छ र ठाउँ ठाउँमा रातो रंग पूरै पोतिएको छ। नियमअनुसार बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म यो लेनमा द्रुत बसमात्र चल्न पाउनुपर्ने हो। तर, अरुले कहाँ टेर्छन् र ! डेडिकेटेड लेनमा समेत अरु सवारीसाधनको जाम भइरहेको देखियो। लेन खाली गराउन ठाउँ-ठाउँमा ट्राफिक प्रहरी उभिए पनि खाली गराउन सकिरहेका छैनन्। खासगरी दुईपांग्रे सवारीसाधन यो लेनमा घुसिरहेका देखिन्छन्।

vianet

द्रुत बसका लागि लेन खाली गराउने प्रयासमा अन्य सवारीसाधन लामो जाममा फसेका छन्। अरु बेला कार्यालय समयमा कोटेश्वरको जाम लोकन्थलीसम्म पुग्ने गरेकोमा अहिले कौशलटार, गठ्ठाघरसम्म पुग्न थालेको छ। उद्घाटनको भोलिपल्ट बिहीबार नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ‌ओलीसमेत निकैबेर जाममा परेका थिए। उनी बालकोटमा बस्छन्।

बुधबार द्रुत बस सेवा उद्घाटन गरेपछि यातायात मन्त्री ज्वालाले परीक्षण यात्रामा केही कमजोरी देखिएको र त्यसलाई तत्काल सच्याउने बताएका थिए। 'रेगुलर चल्न थालेपछि मिल्दै जान्छ,’ ज्वालाले भनेका थिए। उद्घाटन यात्रामा भीआईपी यात्रु र ट्राफिक प्रहरीको स्कर्टिङका कारण सहज रुपमा गाडी चले पनि त्यही स्तरको प्रभावकारिता आगानी दिनमा कायमै रहनेमा सरकारी अधिकारीहरु नै विश्वस्त छैनन्। हुन पनि पाँच दिनसम्म पनि अवस्था उस्तै छ।

मुख्य चुनौती लेन कन्ट्रोलमै देखिएको छ। भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्मको सडक १४ किलोमिटर हो। सरकारले ल्याएको योजना व्यवस्थित गर्न सके केही हदसम्म यात्रुलाई सहज त हुने थियो। तर, सुरुवाती अवस्था हेर्दा यसको दीर्घकालीन सफलतामा शंका देखिएको छ। सडक अनुशासन कमजोर भएको हाम्रोजस्तो देशमा भएकै सडकको एक छेउमा रातो रङ लगाएर डेडिकेटेड लेन बनाउँदैमा त्यहाँ सहज र निर्वाध आवतजावत हुन सक्ने विश्वास कमैले गरेका छन्।

सरकारले पूर्व मुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा निजामती कर्मचारीको तलब समायोजन गर्न बनाएको समितिले सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज बनाउन द्रुत बस सेवा सञ्चालनको सिफारिस गरेको थियो। द्रुत बस सेवा सञ्चालन हुँदा कर्मचारी समयमा कार्यालय पुग्ने र सेवा प्रभावकारी हुने उक्त समितिको सुझाव थियो।

प्रकाशित: Sep 24, 2023| 11:10 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्