शनिबार, साउन ९, २०८३

नेयमार र एमबाप्पे घाइते हुँदा पिएसजीलाई संकट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)लाई आफ्ना मुख्य दुई खेलाडी चोट ग्रस्त भएपछि संकट परेको छ । टोलीमा ‘गोल मेसिन’का रूपमा चिनिएका ब्राजिलियन स्टार खेलाडी नेइमार र फ्रान्सका युवा स्टार केलियन एम्बाप्पे एकसाथ घाइते हुँदा पिएसजीमाथि संकट बढेको हो ।

पिएएसजीले अर्को साता युरोपियन च्याम्पियन्स लिगमा समूहको बलियो टोली लिभरपुलसँग महत्वपुर्ण खेल खेल्दै छ । यसअघि पिएसजीले लिभरपुलसँग च्याम्पियन्स लिगमा ३-२ ले हार व्यहोरेको थियो । 

समूह ‘सी’ मा रहेको पिएसजी ४ खेलमा एक खेलमा जित, दुई बराबरी र १ खेलमा पराजय भोग्दै पाँच अंककासाथ समूहको तेस्रो स्थानमा छ । लिभरपुल भने समान ४ खेलमा २ खेलमा जित र २ खेलमा पराजित हुँदै ६ अंककासाथ दोस्रो स्थानमा छ । 

च्याम्पियन्स लिगको समूहमा हाल तेस्रो स्थानमा रहेको पिएसजीले अर्को चरणमा स्थान बनाउन दुई खेलमा जित्नुपर्ने दबाब छ । जसमा पिएसजीले पहिलो खेल लिभरपुल र अन्तिम खेलमा रेड स्टार बेलग्रेडसँग खेल्नेछ । 

यदि अर्को साता हुने लिभरपुसँगको खेलमा हार भोगे पिएसजी समूह चरणबाटै बाहिरिन सक्ने छ । तर, त्यसबेलासम्म घाइते २ जना स्टार खेलाडी मैदान फर्किए सक्ने वा नसक्ने खुलासा भएको छैन् । 

लिभरपुलसँगको खेल अघि पिएसजीले लिग वानमा टुलुजको सामना गर्दैछ । नेइमार गत राति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा क्यामरुनविरुद्ध खेल्ने दौरान घाइते भएका थिए । 

त्यस्तै अर्का खेलाडी एमबाप्पे पनि उरुग्वेसँगको मैत्रीपूर्ण खेल दौरान घाइते भएका छन् । उनी गोलकिपरसँगको ट्याकलका कारण घाइते भएका हुन् । दुबै खेलाडी कहिले मैदान फर्किने भन्ने अहिले सम्म कुनै जानकारी आएको छैन ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।