आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • विपक्षी दलका नेतालाई पक्राउ गर्न दक्षिण कोरिया सरकारलाई स्वीकृति

विपक्षी दलका नेतालाई पक्राउ गर्न दक्षिण कोरिया सरकारलाई स्वीकृति

 |  शुक्रबार, असोज ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

सियोल- दक्षिण कोरियाको संसदले विपक्षी दलका नेतालाई पक्राउ गर्न सरकारले स्वीकृति पाएको छ। 

National life

संसदको बैठकले मुख्य विपक्षी डेमोक्रेटिक पार्टीका प्रमुख ली ले म्युङलाई गिरफ्तार गर्न माग गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो। प्रस्तावबारे मतदान गरिएको थियो। 

जसमा १४९, विपक्षमा १३६ र ६ वटा मत अनुपस्थित तथा चार अन्डर भोट थिए। अभियोजन पक्षले यस हप्ताको शसुरुमा विश्वासको उल्लंघन र घुसखोरी सहितिको आरोपमा पक्राउ पुर्जी मागेको थियो।

राष्ट्रिय सभाको अधिवेशन चलिरहेको अवस्थामा वर्तमान सांसदलाई पक्राउ गर्न कानूनी व्यवस्था छ। सांसदहरूले सहमति जनाएपछि मात्रै थुनामा राख्न सकिन्छ।

२९८ सदस्यीय विधानसभामा डेमोक्रेटिक पार्टीको १६८ छ। दक्षिण कोरियाली सरकारले जापानको रेडियोधर्मी विकिरणबाट उत्पन्न फोहोर पानीलाई समुन्द्रमा फाल्ने समर्थन गरेको लगायत सरकारी नीतिहरुको विरोध गर्दै ली करिव तीन हप्ता यता अनशनमा थिए।

Shivam cement

प्रकाशित: Sep 22, 2023| 19:00 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्