आइतबार, असार १, २०८२

एसियाली खेलकुद : महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

 |  शुक्रबार, असोज ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

vianetvianet

काठमाडौं- १९औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको छ। 

चीनको हाङझाउमा आज भएको उक्त प्रतियोगिताअन्तर्गत समूह डि को पहिलो खेलमा भियतनामले नेपाललाई २-० गोलअन्तरले पराजित गरेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो।   

भियतनामको जितमा फाम हाइ एन र न्यूगेन थि बीच थुइले समान एक/एक गोल गरे। खेलको  ५३ औँ मिनेटमा फाम हाइ एनले गोल गर्दै भियतनामलाई पहिलो अग्रता दिलाइन। त्यस्तै खेलको ६४ औँ मिनेटमा थि बीच थुइले एक गोल थप्दै आफनो टोलीको जित सुनिश्चित गरिन्।    

नेपालले अब आफनो दोस्रो खेल जापानसँग यही असोज ८ गते खेल्नेछ। 

प्रकाशित: Sep 22, 2023| 18:01 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्