शुक्रबार, असार १३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पौने चार करोड ठग्ने म्यानपावर कम्पनीको लाइसेन्स खारेज

पौने चार करोड ठग्ने म्यानपावर कम्पनीको लाइसेन्स खारेज

उक्त कम्पनीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ४३ जनाबाट पौने ४ करोड ठगी गरेको भेटिएपछि विभागले कारोबार लाइसेन्स खारेज गरेको हो। 
 |  बिहीबार, असोज ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

vianetvianet

काठमाडौं– वैदेशिक रोजगार विभागले पौने चार करोड ठगेको अभियोगमा सिनामंगलस्थित ‘विस एचआर सोलुसन’ को लाइसेन्स खारेज गरेको छ। उक्त कम्पनीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ४३ जनाबाट पौने ४ करोड ठगी गरेको भेटिएपछि विभागले कारोबार लाइसेन्स खारेज गरेको हो। 

उक्त मेनपावरले पोल्यान्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिका पठाइदिने भन्दै ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८  ठगी गरेको थियो। उक्त रकम लिई वैदेशिक रोजगारीमा नपठाएको र रकमसमेत फिर्ता नगरेको पाइएपछि विभागले लाइसेन्स खारेज गरेको हो। 

विभागले लाइसेन्स खारेज गर्दै वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गर्नुका साथै उक्त रकम बिगो र सोको ५० प्रतिशतले हुन आउने हर्जानासमेत ‘विस एचआर सोलुसन’बाटै असुल्न न्यायाधिकरणमा अभियोगपत्र दायर गरिएको विभागले जनाएको छ। 

म्यानपावर सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फणीन्द्र कोइरालाविरुद्ध मुद्दा दायर गरिएको विभागका महानिर्देशक मदन दाहालले बताए।

प्रकाशित: Sep 21, 2023| 15:21 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्