काठमाडौ- तेस्रो संस्करणको रोजवड उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगिता मंसिर ८ गतेदेखि १७ गतेसम्म रोजवड स्कुलमै हुने आयोजक रोजवडले पत्रकार सम्मेलन गर्दै जानरी दिएको हो ।
तेस्रो संस्करणको पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ५ स्कुलको सहभागिता जनाउने छन् । प्रतियोगितामा कक्षा ११ र १२ मा पढ्ने नियमित विद्यार्थीले मात्रै भाग लिन पाउने आयोजकले जानकारी दिए ।
लिग कम नकआउटको आधारमा हुने प्रतिस्पर्धाका सहभागी १६ स्कुललाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।
विजेताले ट्रफीसहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकरी दिए । प्रतियोगिता सञ्चालन गर्न करिव २ लाख ५० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४