काठमाडौं- सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक सुरु भएको छ। शुक्रबार दिउँसो ३ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक सुरु भएको हो।
पछिल्लो राजनीतिक घटनाक्रम र सरकारमा सहभागी हुने थप मन्त्रीहरूको नाम टुंगो लगाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ।
असार २९ गते सर्वोच्च अदालतको फैसलासँगै शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको एक महिना पुगिसकेको तर मन्त्रिपरिषद् विस्तार नभएको भन्दै सार्वजनिक रूपमा आलोचना भइरहेका बेला सत्तारुढ दुवै घटक पार्टीका काममा केन्द्रित भएका छन्। सत्ताको नेतृत्व गरिरहेको कांग्रेसको पनि बिहीबारदेखि निरन्तर रूपमा बैठक बसिरहेको छ।
बैठकमा यस विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ।