आइतबार, जेठ २४, २०८३

पूर्वी चीनमा भीषण आँधी, पाँच जनाको मृत्यु

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

बेइजिङ- पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ। प्रकोपमा परी अन्य चार जना गम्भीर घाइते भएका छन्।

National life

स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परी पाँच जनाको मृत्यु हुनुका साथै अन्य चार जना गम्भीर घाइते भएका हुन्।

अधिकारीहरूले घटनाको विवरण बुधबार मात्र दिएका हुन्। सुकियान शहरको ड्याक्सिङ टाउनशिप र नानकाई टाउनशिपमा आँधी साँझ ५ बजेतिर भएको हो।

स्थानीय निकायले गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार आँधीबाट पाँच हजार ५१२ जना प्रभावित भएका छन्भने एक हजार छ सय ४६ घरमा सामान्य क्षति भएको छ। अन्य एक सय ३७ घरमा भने पूर्ण क्षति भएको छ।

आँधीले ४२ हेक्टरमा लगाइएको बालीमा क्षति भएको छ। आँधीबाछ चार सय पाँच जना विस्थापित भएका छन्। नहरको आपतकालीन व्यवस्थापन विभागले उनीहरूले सहायता सामग्री प्रदान गरेको छ।

Shivam cement

प्रकाशित: Sep 20, 2023| 20:41 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्