बिहीबार, फागुन १४, २०८२

'जब वी मेट' को सिक्वेल बन्दै

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

सन् २००७ मा रिलिज भएको चलचित्र ‘जब वी मेट’ ले शाहिद कपुर, करिना कपुर र यसका निर्देशक इम्तियाज अलीको जीवनमा ठूलो परिवर्तन लिएर आयो। चलचित्र बक्स अफिसमा हिट साबित भयो भने समालोचकहरूले पनि चलचित्रको प्रशंसा गरेका थिए। करिनालाई आजसम्म सोही चलचित्रको भूमिकाका लागि सम्झिने गरिन्छ।

National life

१६ वर्षपछि यो चलचित्रको दोस्रो भाग बनाउने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सिक्वेलका लागि सुरुवाती चरणको काम भइरहेको छ। चलचित्रलाई राज मेहताले निर्माण तथा इम्तियाज अलीले निर्देशन गर्ने बताइएको छ।

निर्माताहरुले यस चलचित्रका लागि करिना र शाहिद कपुरसँग कुराकानी गरिरहेका छन्। यो सफल भयो भए कुनै समय प्रेम–जोडी रहेका यी दुई जनालाई ७ वर्षपछि सँगै देख्न पाइनेछ।

दुवैले अन्तिम पटक सन् २०१६ मा रिलिज भएको चलचित्र ‘उड्ता पञ्जाब’मा काम गरेका थिए। यो वर्ष मुम्बईका केही हलमा जब वी मेट रि–रिलिज गरेपछि दोस्रो भागको बारेमा चर्चा सुरु भएको थियो। फ्यानको उत्साह देखेर निर्माताहरुले यसको दोस्रो भाग बनाउने निर्णय गरेको बताइएको छ।

यसबारे शाहिदलाई प्रश्न गर्दा उनले स्क्रिप्ट हेरेर निर्णय गर्ने बताएका छन्। पहिलो भागको कथासँग मेल खान्छ भने आफू काम गर्न तयार रहेको उनको भनाइ थियो।

Laxmi sunrise bank

प्रकाशित: Sep 20, 2023| 14:35 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्