बिहीबार, कात्तिक २७, २०८२

एक वर्षमै हजार करोड कमाएर शाहरुखले तोडे अक्षय कुमारको रेकर्ड

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

अभिनेता शाहरुख खान एक वर्षमा एक हजार करोड भारु कमाउने पहिलो बलिउड स्टार बनेका छन्। चार वर्ष लामो ब्रेकपछि ‘पठान’बाट कमब्याक भएका खानको पुनरामगनले भारतीय बक्स अफिसमा इतिहास रचेको छ। ‘पठान’ र ‘जवान’को सफलताले उनलाई एक वर्षमा एक हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनाएको छ।

‘पठान’ले रिलिज भएलगत्तैबाट बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो। हिन्दी चलचित्रको लागि ‘पठान’सर्वकालिन ब्लकबस्टर बनेको थियो। हालै रिलिज भएको ‘जवान’ले पनि बक्स अफिसमा तहल्का मच्चाइरहेको छ।

शाहरुख, नयनतारा र विजय सेतुपति अभिनित ‘जवान’ले हालसम्म भारतीय बक्स अफिसमा ४४२.७३ करोड भारु कमाएको छ भने विश्वभर ७०० करोड भारुभन्दा बढीको व्यापार गरिसकेको छ। ‘जवान’ ले अझै पनि राम्रो व्यापार गरिरहेको छ।

एक वर्षमै हजार करोड भारुभन्दा बढी कलेक्सन गरेका शाहरुखको पठान’ले ५४३ करोड भारु कमाएको थियो। सन् २०१९ मा चारवटा फिल्म रिलिजसँगै अभिनेता अक्षय कुमारले बक्स अफिसमा ७५७ करोड भारु कमाएका थिए। शाहरुखले २०२३ मा दुई फिल्मबाटै १०२३ करोड भारु कमाएर अक्षयको कीर्तिमान तोडेका छन्।

प्रकाशित: Sep 20, 2023| 14:08 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्