आइतबार, भदौ २२, २०८२

रामदेवले प्रकाश सपुतलाई तीन खानभन्दा ठूलो स्टार भनेपछि...

 |  बुधबार, असोज ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

vianetvianet

भारतीय योगगुरु रामदेवले नेपाली गायक तथा अभिनेता प्रकाश सपुतलाई सलमान, शाहरुख र आमीर खानभन्दा पनि ठूलो स्टार भएको बताएका छन्।

Kumaribank

पतञ्जली योगपीठले नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा आयोजना गरेको कार्यक्रममा सांगीतिक प्रस्तुति दिन गएका सपुतलाई रामदेवले उनी नेपालका लागि सलमान, शाहरुख र आमीरभन्दा पनि ठूलो स्टार भएको बताएका हुन्। सपुतलाई अंगालो हाल्दै रामदेवले नेपालका ठूला स्टारको रुपमा चिनाएका थिए। त्यस्तै उनले संसारभर नेपाली समाजको गौरव बढाउन पनि सपुतलाई शुभकामना दिए।

सपुतले पनि सो प्रस्तुतिपछि यो सफलता आफ्नो लागि अमूल्य रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'दर्शकहरुमाझ पुग्नुको आनन्द अरु केहिसँग तुलना हुन सक्दैन। पछिल्लो ४ वर्ष मैले देशविदेशमा छरिएर रहनुभएका नेपालीहरुको अथाह माया प्रत्यक्ष महशुस गर्न पाएको छु। एउटा गायकर-कलाकारका रुपमा गीत र भिडियो मार्फत र एउटा पर्फमरका रुपमा स्टेज मार्फत आफ्नो क्षमता र क्षेत्र अनुसारको यो सफलता मेरो लागि अमूल्य छ। अकल्पनीय छ।'

सपुतको जाले रुमाल फाट्यो अहिले युट्युब ट्रेन्डिङको एक नम्बरमा छ भने भर्खरैमात्र नारायण रायामाझी निर्देशित फिल्म परदेशी २ को गीत सार्वजनिक भएको छ।

प्रकाशित: Sep 20, 2023| 14:04 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्