आइतबार, मंसिर १७, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • बीपीले सामाजिक न्याय, समानता र व्यवहारिक शिक्षामा जोड दिएका थिएः माथेमा

बीपीले सामाजिक न्याय, समानता र व्यवहारिक शिक्षामा जोड दिएका थिएः माथेमा

 |  बुधबार, असोज ३, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

शिक्षाविद् केदारभक्त माथेमाले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुने देशका विश्वविद्यालयले प्रगति गर्नै नसक्ने बताएका छन्। उनले नेपालमा हाल त्रिभुवन विश्वविद्यालयमा भइरहेको राजनीतिक हस्तक्षेपले त्यो विश्वविद्यालयलाई फस्टाउन नदिनेसमेत दाबी गरे।

sagarmatha cement

मंगलबार सानेपास्थित कांग्रेस मुख्यालयमा जारी बीपी साहित्य महोत्सवमा ‘बीपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा बोल्दै शिक्षाविद् माथेमाले आफूले बीपीको परिकल्पनाको शिक्षामा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुने कुनै आधार नदेखेको बताए। ‘यदि बीपीको समाजवादी परिकल्पनाको शिक्षा हुन्थ्यो भने त्यहाँ विश्वविद्यालयमा राजनीति हुँदैनथ्यो, राजनीतिक हस्तक्षेप हुँदैनथ्यो। यहाँमात्रै होइन, तपाईं संसारभर हेर्नुहोस्, जहाँ विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप छ, त्यहाँ विश्वविद्यालयहरू फस्टाउनै सकेका छैनन्,’ माथेमाले भने।

उनले नेपालमा धेरै वटा विश्वविद्यालय भए पनि त्रिभुवन विश्वविद्यालयमै विद्यार्थीहरूको भीड लाग्ने र एकै खालको पाठ्यक्रम पढाउने काम गलत भइरहेको बताए।  उनले भने, 'नेपालमै यति धेरै विश्वविद्यालयहरू छन् तर विद्यार्थीको कुरा गर्ने हो भने ७५ प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयमै जान्छन्। एकै ठाउँमा थुप्रिएका छन्। उनीहरूलाई एकै खालको पाठ्यक्रम रटाइएको छ। एकै विधिमा एकै खालको शिक्षा त्यति धेरै मान्छेले किन लिने ? यो एकदमै नमिलेको देखिन्छ,’ उनले अघि भने, ‘एउटै पाठ्यक्रम ७० प्रतिशत विद्यार्थीलाई सिकाएर हामीले कस्तो जनशक्ति उत्पादन गर्ने ? त्यो जनशक्तिबाट लाभ कसरी लिने ?’

यस्तोमा यदि बीपीको नेतृत्व हुन्थ्यो भने विद्यार्थीहरूलाई चुनौतीहरूसँग जुध्न सिकाउने खालको शिक्षा पद्धतिको विकास हुन्थ्यो भन्ने माथेमाको अनुमान छ। ‘मैले बीपीलाई जति बुझेको छु, त्यो हिसाबले उहाँले के रुचाउनुहुन्थ्यो होला ? र कसरी काम गर्नुहुन्थ्यो होला भनेर यहाँ अनुमान लगाएको हुँ। तर यो मेरो अनुमान होइन,’ उनले भने, ‘बीपीलाई अहिलेको हाम्रो पढाइको विधिमा पनि चित्त बुझ्दैन थियो होला जस्तो लाग्छ। शिक्षकले भट्याइरहने, विद्यार्थीले सुनेर र परीक्षा लेख्नुपर्ने। यो खालको विधिले विद्यार्थीले के सिक्ने ? बीपीले सायद विद्यार्थीलाई चुनौतीहरूसँग जुध्न सिकाउने खालको शिक्षणको विधिको उपयोग गर्न प्रोत्साहन गर्नुहुन्थ्यो कि जस्तो लाग्छ।’

प्रकाशित: Sep 20, 2023| 13:43 बुधबार, असोज ३, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्