आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनी नागरिकलाई सन् २०२५ सम्म शरण दिने ईयूको प्रस्ताव 

युक्रेनी नागरिकलाई सन् २०२५ सम्म शरण दिने ईयूको प्रस्ताव 

 |  मंगलबार, असोज २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

ब्रसेल्स- युरोपेली संघ (ईयू) को कार्यकारी निकायले युक्रेनबाट आएका शरणार्थीको युरोपेली संघमा रहन पाउने अधिकारलाई एक वर्ष बढाएर सन् २०२५ को मार्चसम्म लम्ब्याउने प्रस्ताव गरेको छ। 

National life

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा युद्ध सुरू भएको केही दिनपछि युरोपेली सङ्घले आफ्नो अस्थायी सुरक्षा निर्देशन जारी गरेको थियो। युरोपेली आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यसले ४० लाखभन्दा बढी व्यक्तिलाई सुरक्षा प्रदान गर्ने निश्चितता र समर्थन प्रदान गर्नेछ।'

मस्कोले युक्रेनमा नागरिक पूर्वाधारमा आक्रमण सुरु गरेसँगै रूसले आफ्नो पश्चिमा समर्थक छिमेकीविरुद्धको युद्ध करिब १९ महिनादेखि कम हुने कुनै सङ्केत देखेको छैन। प्रारम्भिक उपाय मार्च २०२४ सम्म चल्ने तय गरिएको थियो। 

आयोगले शरणार्थीहरूको सुरक्षित र दिगो फिर्तीका लागि अझै अनुकूल नभएको वर्तमान, अस्थिर परिस्थितिको आवश्यक र उपयुक्त प्रतिक्रियाको रूपमा यसलाई लम्ब्याउनुपर्ने बताएको छ। 

यो उपायले ईयूमा रहेका युक्रेनीहरूलाई रोजगार बजार, चिकित्सा हेरचाह र शिक्षामा पहुँच प्रदान गर्दछ। यो प्रस्तावलाई अब इयूका सबै २७ देशले अनुमोदन गर्नुपर्नेछ। त्यहाँ कुनै ठूलो विरोध हुने अपेक्षा गरिएको छैन। 

Shivam cement

गत वर्ष लाखौं युक्रेनी नागरिकको अचानक विस्थापनले दोस्रो विश्वयुद्धपछि युरोपले सामना गरिरहेको सबैभन्दा तीव्र गतिमा बढिरहेको शरणार्थी सङ्कटको प्रतिनिधित्व गरेको थियो।

प्रकाशित: Sep 19, 2023| 20:00 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्