शुक्रबार, वैशाख ४, २०८३

एकैपटक १०० भन्दा बढी विद्यार्थी बिरामी

 |  मंगलबार, असोज २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

National life
kumari

नयाँ दिल्ली- छात्रावासको पाकशालामा खाना खाएका एक सय जनाभन्दा बढी विद्यार्थी अस्पताल भर्ना भएका छन्। मध्य प्रदेशको जबलपुर जिल्लास्थित एक आवासीय विद्यालयको छात्रवासको भान्सामा भोजन गर्दा ती विद्यार्थी बिरामी परेका हुन् ।

जिल्लाको रामपुर छपर क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीले सोमबार राति खाना खाएपछि पेट दुखेको र वान्ता गर्न थालेका थिए। अधिकांश विद्यार्थीले तारन्तार वार्ता गर्न थालेपछि विद्यालयका कर्मचारी, स्थानीयवासी र प्रहरीले उनीहरूलाई अस्पताल दौडाएका एक जना सरकारी अधिकारीले एएनआई बताए। 

प्रमुख चिकित्सा तथा स्वास्थ्य अधिकृत डा सञ्जय मिश्रका अनुसार सोमबार राति विद्यालयको छात्रावासमा गरेको भोजन विषाक्त भएकाले उनीहरू सबै बिरामी भएका हुन्। अहिले उनीहरू सबैको अवस्था स्थिर छ। चिकित्सकको निगरानीमा उनीहरूलाई २४ घण्टासम्म अस्पतालमा नै राखिने छ। सम्भवतः बुधबार बिहान सबैलाई ‘डिस्चार्ज’ गरिने डा मिश्रले बताएका छन्। 

प्रकाशित: Sep 19, 2023| 19:35 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्