मंगलबार, वैशाख २५, २०८१

सुरक्षा वार्ताका लागि चिनियाँ विदेशमन्त्री रुसमा 

 |  मंगलबार, असोज २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

बेइजिङ- रुस-युद्ध युद्धमा चीनको साथ खोजिरहेको समयमा चिनियाँ विदेशमन्त्री वाङ यीले रुस भ्रमण गरेका छन्। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले चिनियाँ समकक्षीसँगको भेटपछि युद्ध अन्त्य गर्ने कुनै पनि प्रयासमा मस्कोको हितलाई ध्यानमा राख्‍नुपर्ने बताएका थिए। 

triton college

युक्रेन युद्धमा चीनले रुसलाई अप्रत्यक्ष सहयोग गरिरहेको आरोप लगाइएको छ। यद्पि चीनले भने उक्त आरोप अस्वीकार गरेको छ। रुसी मिडियाहरुले चिनियाँ विदेशमन्त्रीको मस्को भ्रमणले राष्ट्रपति भलादिमिर पुटिनको बेइजिङ भ्रमणका लागि मार्ग प्रशस्त गरेको जनाएका छन्। 

यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले मस्को भ्रमण गर्दै राष्ट्रपति पुटिनसँग भेट गरेका छन्। त्यसको एक साता नपुग्दै चिनियाँ विदेशमन्त्री वाङ यी मस्को पुगेका हुन्। चिनियाँ विदेश मन्त्रालयले विदेशमन्त्री वाङ 'रणनीतिक सुरक्षा परामर्श' को लागि चार दिनको लागि मस्कोमा रहेको जनाएको छ। 

सोमबारको वार्तापछि वाङ यीले आफू र समकक्षी लाभरोभले युक्रेन युद्धको बारेमा छलफल गरेको र रुसको हित र विशेषगरी यसको सहभागितालाई ध्यानमा नराखी संकट समाधान गर्ने प्रयासको व्यर्थ भएको बताएको रुसी विदेश मन्त्रालयले जनाएको छ। 

यसअघि चिनियाँ विदेशमन्त्रीले आफ्नो मस्को भ्रमणका क्रममा राष्ट्रपति पुटिनसँगको भेटपछि युक्रने शान्तिका विषयमा छलफल गरेका थिए। चीनले रुस-युक्रेन युद्ध अन्त्य हेर्न इच्छुक भएको जनाएको छ। 

corrent noodles
Metro Mart

चीनले युद्ध सुरु भएदेखि नै रुसलाई आर्थिक रूपमा सहयोग गरेको र प्रमुख प्रविधिको आपूर्ति गरेको आरोप अमेरिकाले लगाएको छ। जुलाईमा जारी गरिएको एक अमेरिकी गुप्तचर प्रतिवेदनले बेइजिङले 'रूसलाई पश्चिमी प्रतिबन्ध र निर्यात नियन्त्रण दुवैको प्रभावलाई कम गर्ने विभिन्न आर्थिक सहयोग संयन्त्रहरू सक्रिय बनाएको' जनाइएको थियो। 

चीनले त्यस्ता आरोपहरूलाई निरन्तर अस्वीकार गर्दै आएको छ र युद्धमा वस्तुनिष्ठ अडान कायम राखेको दाबी गरेको छ। अर्को महिना बेइजिङमा हुने बेल्ट एण्ड रोड फोरममा सहभागी हुने पुटिन चीन जानसक्ने आँकलनहरु भइरहेका छन्। 

युक्रेनमा युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले मार्चमा उनलाई पक्राउ पुर्जी जारी गरेपछि उनी विदेश भ्रमण रद्द गर्दै आएका छन्। रुसी राष्ट्रपति पुटिन अन्तिम पटक डिसेम्बर २०२२ मा बेलारुस र किर्गिस्तान भ्रमण गरेका थिए। - बीबीसी

प्रकाशित: Sep 19, 2023| 16:57 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्