बिहीबार, कात्तिक २७, २०८२

मैथिलीमा पनि आयो लोरी गीत [भिडियोसहित]

 |  मंगलबार, असोज २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

मैथिलीमा ‘लोरी’ गीत ‘निनिया रानी’ सार्वजनिक भएको छ। शिशुहरुलाई सुताउने बेला गाइने गीतलाई लोरी भन्ने गरिन्छ। मैथिलीमा प्रायः आमा, हजुरआमाले लोरी गाउने परम्परा पुरानै रहे पनि यसलाई म्युजिक भिडियो मार्फत दर्शकसम्म खासै ल्याइएको पाइँदैन।

संगीतकार प्रवेश मल्लिकको संगीत तथा नीतिन नीरा चन्द्राको निर्देशन रहेको उक्त म्युजिक भिडियोको निर्माता नीतु चन्द्र श्रीवास्तव, नीतिन नीरा चन्द्र र शशांक गुप्ता रहेका छन्। गायन क्षेत्रमा छुट्टै पहिचान बनाएकी नेहा प्रियदर्शिनीको सुमधुर स्वर सुन्न सकिन्छ भने शब्द रचना युवा गीतकार विद्यानन्द वेदर्दीको रहेको छ। नेहाको स्वर र विद्याको शब्दले लोरीलाई सम्मोहक बनाएको छ। भिडियो सार्वजनिक भएदेखि यो गीत मिथिलाको घर–घरमा बज्न थालेको छ। हालसम्म भिडियोले १९ हजार बढी भ्युज पाइसकेको छ। जो बालगीतको क्षेत्रमा राम्रै स्कोर मान्न सकिन्छ। कलाकारको रुपमा टेस्सा प्रियदर्शिनी र बालकलाकार धैवत बैरोलिया र आद्या सिंहको अभिनय उत्कृष्ट छ।

निनिया रानी भिडियो बेजोड युट्युब चैनलमार्फत सार्वजनिक गरिएको हो। यसको म्युजिक पार्टनरमा ‘म्युजिक मैथिली’ र ‘प्रवेश मल्लिक प्रोडक्सन’ हाउस रहेको छ। यसअघि गीतकार अशोक दत्तको शब्द र गायिका नेहा प्रियदर्शिनीको सुमधुर स्वरमा ‘हमर बौआ चान्द सन, हँसैए भगवान सन’ लोरी सार्वजनिक भइसकेको छ। जसको लोकप्रियता र ख्याति आजसम्म कायम छ।

भारतीय मिथिला क्षेत्रबाट समेत लोरी गीतहरु सार्वजनिक भएको छ। यद्यपि म्युजिक भिडियोको रुपमा कमैमात्र सार्वजनिक हुने गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 19, 2023| 20:37 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्