शुक्रबार, भदौ ५, २०८३

अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेस प्रतिकूल छ : शेखर कोइराला

'यतिबेला अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेस पार्टीको प्रतिकूल छ। हाम्रा छिमेकी राष्ट्र र मित्र राष्ट्रसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने छ। त्यसकारण पार्टीको सम्पूर्ण शक्ति सरकारलाई सफल बनाउन केन्द्रित हुनुपर्ने देखिन्छ,' उनले भने।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अन्तर्राष्ट्रिय परिस्थिति नेपाली कांग्रेसको प्रतिकूल रहेको बताएका छन्। बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा सुरु भएको केन्द्रीय समितिको बैठकमा शुक्रबार धारणा राख्दै उनले यस्तो टिप्पणी गरेका हुन्। 

'यतिबेला अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेस पार्टीको प्रतिकूल छ। हाम्रा छिमेकी राष्ट्र र मित्र राष्ट्रसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने छ। त्यसकारण पार्टीको सम्पूर्ण शक्ति सरकारलाई सफल बनाउन केन्द्रित हुनुपर्ने देखिन्छ,' उनले भने। 

तर सभापति समेत रेहका प्रधानमन्त्री देउवाले सरकारका काम प्रभावकारी बनाउन पर्याप्त समय दिन नपाएको उनको भनाइ छ। ७५ प्रतिशत समय पार्टीकै काममा भएकाले सरकारका काम प्रभावकारी नभएको उनको तर्क थियो। 

'प्रधानमन्त्रीजी ले शतप्रतिशत समय सरकार सञ्चालनमा ध्यान दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टीको काममा खर्च भएको छ। यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ?,' डा कोइरालाको प्रश्न थियो। 

यस्तै लामो समदेखि मन्त्रालयहरू नेतृत्वविहीन रहेकाले तत्काल पूर्ति गर्नसमेत उनले प्रधानमन्त्रीसमेत रहेका देउवालाई आह्वान गरे। '२ महिनादेखि १५ मन्त्रालय नेतृत्वविहीन छन्। यसले कसरी जनहितमा काम गर्न सक्छ? कसरी सुशासन दिन सक्छ?' कोइरालाको अर्को प्रश्न थियो। 

संख्याका हिसाबले नेपाली कांग्रेस अल्पमतमा भए पनि कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने अवस्था आएकाले सरकारका सामु थुप्रै चुनौती रहेको उनको भनाइ थियो। 

प्रकाशित: Aug 13, 2021| 15:30 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...