बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाले जेलमा रहेका आफ्ना ५ नागरिक छुटाउन इरानलाई दियो ६ अर्ब डलर 

अमेरिकाले जेलमा रहेका आफ्ना ५ नागरिक छुटाउन इरानलाई दियो ६ अर्ब डलर 

वासिङ्टन र तेहरानबीच कूटनीतिक सम्बन्ध नभएकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले दुवै पक्षलाई रकम जम्मा भएको जानकारी दिएको छ। 
 |  मंगलबार, असोज २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

काठमाडौं–  अमेरिकाले इरानी कारगारमा रहेका आफ्ना ५ जना नागरिकको रिहाइका निम्ति इरानलाई ६ अर्ब अमेरिकी डलर दिएको छ।

National life

अमेरिका–इरान कैदी आदानप्रदान सम्झौताअन्तर्गत कतारी बैंकमा उक्त रकम जम्मा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। इरानी जेलमा रहेका बन्दीलाई अमेरिका लैजान तेहरानमा तयारी अवस्थामा एउटा विमान राखिएको थियो। 

अमेरिकी निर्देशनमा दक्षिण कोरियाले उक्त रकम तेहरानलाई निकासा दिएको हो। सोललाई इन्धन बेचेको भुक्तानी अमेरिकी निर्देशनमा तेहरानले पाएको थिएन। आणविक वार्ताबाट इरान पछि हटेपछि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि प्रतिबन्ध लगाउँदै दक्षिण कोरियाले भुक्तानी दिनुपर्ने रकम रोक्का गरेको थियो। 

वासिङ्टन र तेहरानबीच कूटनीतिक सम्बन्ध नभएकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले दुवै पक्षलाई रकम जम्मा भएको जानकारी दिएको छ। तेहरान र वासिङ्टनबीच बन्दी आदानप्रदान सम्झौताअन्तर्गत इरानमा थुनामा रहेका पाँच अमेरिकी र अमेरिकी हिरासतमा रहेका पाँच इरानीलाई पनि थुनामुक्त गरिनेछ।

कतारले इरानी र अमेरिकी अधिकारीलाई स्वीट्जरल्यान्डबाट ६ अर्ब डलर कतारका बैंक खातामा स्थानान्तरण गरिएको सूचनासमेत दिइसकेको छ। पाँच अमेरिकी नागरिक र दुई जना उनीहरूका आफन्तलाई दोहा ल्याउन कतारी जेट इरान पुगेको थियो।

Laxmi sunrise bank
kumari

तेहरानले पक्राउ गरेका पाँच जना इरानी मूलका अमेरिकी हुन्। इरानमा बन्दी बनाइएका अमेरिकीमध्ये व्यापारी सियामक नमाजीलाई जासुसीको आरोप लगाइएको थियो। हिरासतमा लिइएका अन्य वन्यजन्तु संरक्षणवादी  हुन्।

अमेरिकाले पक्राउ गरेका एक जनामाथि जासुसी गरेको, अर्का दुई जना इरानी सेनासँग सम्बन्ध भएको तथा दुई जनाले अमेरिकी प्रतिबन्ध उल्लंघन गरेको आरोप लगाएको थियो।–एजेन्सी

प्रकाशित: Sep 19, 2023| 14:17 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्