एजेन्सी- रोनाल्डो विनाको पोर्चुगल युइएफए नेसन्स लिग फुटबल अन्र्तगत लिग चरणको अन्तिम खेलमा पोल्यान्डसँग बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा पोर्चुगल पोल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदान डोम अलफान्सो मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको पार्चुगलका लागि आन्द्रे सिल्भाको गोलबाट पोर्चुगलले खेलको ३४औं मिनेटमा अग्रता बनाएको थियो । सिल्भाले रेनाटो सान्चेजको पासलाई सदुपयोग गरेका थियो ।
पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा पोर्चुगल पोल्यान्डसँग बराबरी खेल्न बाध्य भएको हो । ६३ औं मिनेटमा पोर्चुगलका ड्यानिलो परेराले अर्काडिउज मिलिकलाई डि-बक्समा गम्भीर फल गर्दा सोझै रातो कार्ड पाउदा पोल्यान्डले पेनाल्टीको मौकासँगै पोर्चुगल १० खेलाडीमा समेटिएको थियो ।
सोही पेनाल्टीलाई मिलिकले सदुपयोग गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १-१ गोलको बराबरीमा सकिएको हो । बराबरीपछि लिग ‘ए’ को समूह ३ मा रहेको पोर्चुगलको ४ खेलबाट ८ अंक छ । पोल्यान्डले २ अंक मात्र जोड्न सक्दा इटालीले ५ अंक जोडेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४