बिहीबार, माघ २२, २०८२

एसियन गेम्स खेल्न चीन उड्यो नेपाली महिला फुटबल टोली

२१ सेप्टेम्बरदेखि सुरु हुने प्रतियोगितामा नेपाल रहेको समूह ‘डी’मा विश्वकप खेलिसकेको विश्वकप विजेता जापान र भियतनामसहित साफ च्याम्पियनसिप विजेता बंगलादेश रहेका छन्।
 |  सोमबार, असोज १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोली १९औं एसियन गेम्स खेल्न चीन उडेको छ। नेपाली महिला फुटबल टोलीले चीनको हान्झाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्समा सहभागिता जनाउनेछ। 

National life

रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीमा २२ खेलाडी छन्। बालगोपाल महर्जन मुख्य प्रशिक्षक रहेका छन्।

२१ सेप्टेम्बरदेखि सुरु हुने प्रतियोगितामा नेपाल रहेको समूह ‘डी’मा विश्वकप खेलिसकेको विश्वकप विजेता जापान र भियतनामसहित साफ च्याम्पियनसिप विजेता बंगलादेश रहेका छन्। 

नेपालले पहिलो खेल भियतनामसँग २२ सेप्टेम्बर भियनामसँग, २५ सेप्टेम्बरमा जापानसँग र २८ सेप्टेम्बरमा बंगलादेशसँग खेल्नेछ।

प्रकाशित: Sep 18, 2023| 17:30 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्