काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोली १९औं एसियन गेम्स खेल्न चीन उडेको छ। नेपाली महिला फुटबल टोलीले चीनको हान्झाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्समा सहभागिता जनाउनेछ।
रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीमा २२ खेलाडी छन्। बालगोपाल महर्जन मुख्य प्रशिक्षक रहेका छन्।
२१ सेप्टेम्बरदेखि सुरु हुने प्रतियोगितामा नेपाल रहेको समूह ‘डी’मा विश्वकप खेलिसकेको विश्वकप विजेता जापान र भियतनामसहित साफ च्याम्पियनसिप विजेता बंगलादेश रहेका छन्।
नेपालले पहिलो खेल भियतनामसँग २२ सेप्टेम्बर भियनामसँग, २५ सेप्टेम्बरमा जापानसँग र २८ सेप्टेम्बरमा बंगलादेशसँग खेल्नेछ।