शनिबार, असार १४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • राजस्व सचिवको नेतृत्वमा राजस्व चुहावट अध्ययन कार्यदल गठन

राजस्व सचिवको नेतृत्वमा राजस्व चुहावट अध्ययन कार्यदल गठन

गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महत सहभागी केन्द्रीय राजस्व नियन्त्रण समिति बैठकले एक साताभित्र प्रतिवेदन पेस गर्ने गरी राजस्व चुहावट अध्ययन कार्यदल गठन गरेको हो।
 |  सोमबार, असोज १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

vianetvianet

काठमाडौं– सरकारले राजस्व चुहावटका छिद्र पत्ता लगाएर समाधानका उपायसहितको कार्ययोजना पेस गर्न अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महत सहभागी केन्द्रीय राजस्व नियन्त्रण समिति बैठकले एक साताभित्र प्रतिवेदन पेस गर्ने गरी राजस्व चुहावट अध्ययन कार्यदल गठन गरेको हो।

बैठकले पैठारी परिमाणमा अस्वाभाविक कमी आएका वस्तुको बजार उपलब्धता अध्ययन गर्ने र त्यस्ता वस्तुको चोरी पैठारी नियन्त्रण गर्ने गरी कार्ययोजना बनाउने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ।

मेला पर्वलाई लक्षित गर्दै चोरी पैठारी नियन्त्रणका लागि सम्बद्ध निकायबिच उच्चस्तरको समन्वय कायम गर्ने र संवेदनशील नाकामा आकस्मिक गस्ती बढाउने पनि निर्णय गरेकोे छ।

बैठकमा गृहमन्त्री श्रेष्ठले राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायबीच समन्वय कायम गर्न निर्देशन दिए। अर्थमन्त्री डा. महतले राजस्व चुहावट नियन्त्रणमा संलग्न निकायले आ–आफ्ना कमजोरी समीक्षा गरी सुधारको मार्ग पहिल्याउनुपर्ने धारणा व्यक्त गरे।

बैठकमा सुरक्षा निकायका प्रमुख र राजस्व चुहावट नियन्त्रणमा संलग्न विभागीय प्रमुखले राजस्व चुहावट नियन्त्रणमा भइरहेका प्रयासबारे मन्त्रीद्वयलाई ब्रिफिङ गरेका थिए।

प्रकाशित: Sep 18, 2023| 15:09 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्