आइतबार, वैशाख १३, २०८३

एसिया कप क्रिकेट

श्रीलंकालाई १० विकेटले हराउँदै भारत च्याम्पियन

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

काठमाडौं- एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ। आइतबार भएको फाइनल खेलमा घरेलु मैदान कोलम्बोको आर प्रेमदासा स्टेडियममा श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो। 

National life

टस जितेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंका १६ ओभरमै अलआउट हुँदै ५० रनमा समेटिएको थियो। जसलाई भारतले ६.१ ओभर खेल्दै भेटाएको हो। भारतलाई जिताउने क्रममा बलिङतर्फ मोहम्मद सिराज ६ विकेट लिए भने हार्दिक पान्ड्याले ३ विकेट लिए।

भारतका लागि ओपनर इशान किसानले १८ बलमा २३ रन र शुभनम गिलले १९ बलमा २७ रन बनाए। 

भारतका ६ विकेट लिएका मोहम्मत सिराजले चरिथ असालङ्का, सदिरा समरविक्रमा, पथुम निसांका, दसुन शनाका र कुसल मेन्डिसलाई आउट गरेका थिए। मोहम्मद सिराजले वान डे क्रिकेटमा सबैभन्दा कम बलमा ५ विकेट लिने विश्व रेकर्डको बराबरी गरे।

नेपाल पनि सहभागी भएको एसिया कपमा नेपाल भारत र पाकिस्तानसँग पराजित भएको थियो। 

kumari

प्रकाशित: Sep 17, 2023| 18:26 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्