बिहीबार, वैशाख १०, २०८३

६० किलो सुन प्रकरणमा समातिएका ६ जना रिहा हुँदै 

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद ६० किलो सुन प्रकरणमा संलग्‍न भएको आशंकामा पक्राउ परेका ६ जना रिहा हुने भएका छन्। प्रहरीले मुद्दा नचलाउन राय दिएका ६ जनालाई आइतबार रिहा गर्न लागिएको हो। 

National life

सरकारी वकिल कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र लेख्दै ६ जनालाई रिहा गर्न आदेश दिएको हो। रिहा हुनेमा भन्सार अधिकृत पुष्पा जोशी, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङ रहेका छन्। 

उनीहरूविरुद्ध भने मुद्दा नचलाउन राय दिइएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवेदन अध्ययन गरेसँगै उनीहरूलाई छाड्न लागिएको हो। 

प्रहरीले मुद्दा चलाउन राय नदिएको भन्सार एजेन्ट रुक्मिना सुब्बाविरुद्ध भने आइतबार नै मुद्दा दर्ता भएको छ। 

प्रकाशित: Sep 17, 2023| 17:54 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्