बिहीबार, वैशाख १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गैरीगाउँ हत्या प्रकरण : बोल्न नसक्‍ने आरोपितले नै चारै जनाको हत्या गरेको निष्कर्ष 

गैरीगाउँ हत्या प्रकरण : बोल्न नसक्‍ने आरोपितले नै चारै जनाको हत्या गरेको निष्कर्ष 

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

काठमाडौं- काठमाडौंको गैरीगाउँमा भएको सामूहिक हत्या प्रकरणमा पक्राउ परेका बोल्‍न नसक्‍ने आरोपित   सञ्जय भण्डारीले नै चारै जनाको हत्या गरेको प्रहरीको निष्कर्ष छ। हत्यामा संलग्‍न भएको आरोपमा आइतबार बिहान पक्राउ परेका आरोपितले आफूसितको रिसिईबीका कारण चारै जनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। 

National life

काठमाडौं प्रहरीले घटनास्थलको सीसीटीभी, लगाएको कपडाको आधारमा सिन्धुपाल्चोकका बोल्न नसक्ने आरोपित भण्डारीलेलाई पक्राउ गरेको हो। उनले मोरङका नविन राईसँगको रिसिईबीका कारण चारण जनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको हो। 

शुक्रबार राति तीनकुनेको गैरीगाउँ स्थित दिव्य  सःमिलमा कार्यरत दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङका नविन राईको हत्या गरेको स्वीकारेका हुन् 

प्रहरी स्रोतका अनुसार उनले प्रहरीलाई कापीमा लेखेर चारजनाको हत्या आफूले गरेको स्वीकार गरेको हुन्। उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। हत्यामा प्रयोग भएको हतियार यसअघि नै प्रहरीले बरामद गरिसकेको थियो। घटनाबारे जानकारी दिन प्रहरी कार्यालय पुगेका मोरङका दीपेन्द्र राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको हो।

तर उनको संलग्नता नखुलेको प्रहरीको भनाई छ। उनी पनि शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेको बताइएको छ। 

kumari

प्रकाशित: Sep 17, 2023| 17:46 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्