बुधबार, भदौ १७, २०८३

भारतसँग श्रीलंकाको निरीह प्रदर्शन

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

एसिया कपको क्रिकेटको फाइनलमा श्रीलंकालाई सुरुवातमै नराम्रो झट्का लागेको छ। टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले चार ओभरभित्रै आफ्ना महत्त्वपूर्ण पाँच विकेट गुमाएको हो।

पहिलो ओभरमै भारतका लागि जसप्रित बुमराहले पहिलो विकेट लिएका थिए। श्रीलंकाले कुशल परेरालाई पहिलो विकेटका रुपमा गुमाएको हो।

चौथो ओभरमा भारतका लागि मोहम्मद सिराजले घातक बलिङ गर्दै श्रीलंकाका अन्य चार ब्याट्सम्यानलाई आउट गरे।

उनले पथुन निशंका, सदीरा समराविक्रमा, चरिथ अशलंका र धनन्जय डिसिल्भालाई आउट गरेर भारतलाई गतिलो सुरुवात दिलाएका हुन्।

चार ओभरको समाप्तिमा श्रीलंकाले पाँच विकेटको क्षतिमा १२ रनमात्र बनाएको छ।

प्रकाशित: Sep 17, 2023| 16:26 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्