शनिबार, असार १४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेल १८ औं वर्षमा, ७ वटा स्कुटर उपहारदेखि १ हजार ग्राहकलाई ब्यालेन्सको अफर

एनसेल १८ औं वर्षमा, ७ वटा स्कुटर उपहारदेखि १ हजार ग्राहकलाई ब्यालेन्सको अफर

 |  आइतबार, भदौ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

vianetvianet

एनसेल आजियाटा लिमिटेडले सेवा सञ्चालनको १८ औं वार्षिकोत्सव मनाएको छ।

आइतबार कम्पनीले आफ्नो १८ औं वार्षिकोत्सव मनाउँदै ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ। जसमा प्रत्येकले ‘एभी कस्टमर इज अ विनर’ अफरमा सबै ग्राहकले २८ दिनसम्म केही केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउनेछन्। यसका लागि ग्राहकले एण्ट्रिक्स १७११७ ह्यास डायल गर्ने ग्राहकहरूले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न योग्य हुनछन्।

त्यस्तै, दैनिक उपहारमा ग्राहकले एनसेलका सेवाहरू कुनै पनि शुल्क बिना प्राप्त गर्न सक्छन्। प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले १०० रुपैयाँ ब्यालेन्स पाउनेछन्। अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउनेछन्।

साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले अफर अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्छ। एनसेलको बारेमा रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत एनसेललाई पठाउनु पर्नेछ।

वार्षिकोत्सव कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं प्रबन्ध निर्देशक जाब्बीर कायुमोभले १८ वर्षको यात्राका बारेमा भने, ‘१ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं। एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ। अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेवार बनेका छौं। हामी तपाईंकै लागि हो र धेरै वर्ष निरन्तर यात्राका लागि प्रतिवद्ध हो।’

प्रकाशित: Sep 17, 2023| 16:17 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्